इस्लाम र देश छोडेकी साउदी युवती राहफको क्यानडामा भब्य स्वागत

एजेन्सी । इस्लाम धर्म त्यागेर देश छोडेकी साउदी अरेबियाकी युवती राहफ मुहमुद अल–क्वुनुनलाई क्यानडामा भब्य स्वागत गरिएको छ । उनी शनिवार राती थाइल्याण्डबाट क्यानडा पुगेकी हुन् । क्यानडा पुगे लगतै राहफ सञ्चारकर्मीको घेरामा परेकी थिइन ।

इस्लाम धर्ममा महिलाले स्वतन्त्र जीवन बाँच्न नपाएको भन्दै उनले आफ्नो धर्म र मुलुक छोडेकी थिइन । आफ्नो मुलुक छोडेर थाइल्याण्डको एक होटलमा बस्दै आएकी १८ वर्षकी राहफलाई क्यानडा सरकारले शरणार्थीको मान्यता दिएको छ । तर राफलको परिवार भने कुबेतमा बस्दै आएको छ ।
साउदी अरव छोडेर निस्केकी राहफ बन्धनहरुबाट मुक्तिको खोजी गर्दै बैंककदेखि अस्ट्रेलिया जाने तयारीमा थिइन् । तर बैंककमा उनलाई विमानस्थलमै रोकियो थियो । उनले विमानस्थलको होटलकै कोठामा आन्दोलन गरिन् । विश्वको ध्यान खिचियो । त्यसपछि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगले उनलाई शरणार्थीको पहिचान दिएको थियो । शरणार्थीको पहिचान दिएलगतै उनी क्यानडा पुगेकी छिन् ।
क्यानडा पुगेलगतै विदेश मन्त्री क्रिष्टिया फ्रिल्याण्डले राहफलाई सहासी नयाँ क्यानडेली नागरिक भन्दै पत्रकारहरुलाई परिचय गराएकी थिइन । ‘राहफ सहासिली युवा महिला हुन् र धेरै भोगेकी छन्‘ उनी अब आफ्नो नयाँ घरमा आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search