अंगुरी भाउजु, सिल्पा सिंदेको पाइला राजनीतितिरः राहुल गान्धीलाई प्रधानमन्त्री हेर्न चाहन्छु

एजेन्सी । भारतीय रियालिटी शो विग बोस सिजन ११ की बिजेता तथा टेलिभिजन अभिनेत्री शिल्पा शिंदेले राजनीतिमा पाइला राखेकी छिन् । भारतीय कांग्रेस पार्टीको हिस्सा बन्दै उनी सदस्यता लिएकी छिन् । मंगलवार कांग्रेस अध्यक्ष संजय निरुपम, चरण सिंह सपरासँगबाट उनले सदस्यता लिएकी हुन् ।

कांग्रेसको सदस्यता लिएपछि उनले राहुल गान्धीलाई प्रधानमन्त्री हेर्ने चाहना भएको बताइन । उनले प्रियंका गान्धीलाई पनि कांग्रेसको राजनीतिमा सक्रिय भएको भन्दै बधाई दिइन । उनले महाराष्ट्रमा जातिय राजनीति भएको भन्दै त्यसको विरोध पनि गरिन ।

उनी पार्टी प्रवेश गरेपछि कतिपयले स्वागत गरेका छन् भने कतिपयले विरोध गरेका छन् । उनी टेलिभिजनमा अंगुरी भावीका रुपमा परिचित छन् ।

कतिपय उनको फ्यानले सामाजि सञ्जालमा लेखेका छन् म शिल्पा शिंदेको तारिफ गर्छु तर कांग्रेस वाली शिल्पा सिंदेलाई सहयोग गर्न सक्दिँन । कतिपय समर्थकले शिल्पा पुरै पागल भएको प्रतिक्रिया समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search