निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरवारमा भएपनि कठघरामा उभ्याउँछु-गृहमन्त्री

काठमाडौं । निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरवारमा विराजमान भएपनि कानुनी कठघरमा उभ्याउने बचन गृहमन्त्री रामबहादुर थापा बादलले दिएका छन् । प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले निर्मला पन्तका बलात्कारी र हत्यारालाई जहाँ र जुन अबस्थामा भएपनि कारवाही गर्ने बताए ।
कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तका हत्याराहरु बालुवाटार र सिंहदरवारमा बसेका छन् भन्ने नागरिक आरोप छ, यसको गृहमन्त्रीज्यू के भन्नुहुन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन । जवाफमा गृहमन्त्री थापाले अपराधीहरु जहाँ र जुन अबस्थामा भएपनि कानुनको कठघरमा उभ्याउने बताए । ‘माननीयज्यूले भनेजस्ता अपराधीहरु बालुवाटार र सिंहदरवारमा छन् भनेपनि उनीहरुलाई कानुनको कठघरामा ल्याइन्छ, जहाँ बसेपनि अपराधीलाई छुट छैन’, थापाले भने ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले अधिकाँस प्रश्न निर्मला पन्तको हत्यालाई बनाएका थिए । सवै प्रश्नको जवाफमा गृहमन्त्रीले अनुसन्धान भइरहेको र बास्तविक हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता जनाए । नेकपा सांसद महेश बस्नेतले निर्मला हत्या काण्ड मिडिया र अधिकारकर्मीलाई खेति र प्रतिपक्ष दलहरुलाई राजनीति गर्ने बिषय बनेको बताए । उनले अपराधको सूई फेरी पनि दिलिपसिंह बिष्टबाटै शुरु गर्न सांसद बिष्टले गृहमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search