अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण अन्तिम चरणमा

काठमाण्डौ । अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपालतर्फको तेललको पाइप लाइन बिछ्याउने काम ८० प्रतिशत सकिएको परियोजनाको कार्यालयले जनाएको छ ।

नेपालतर्फ रहेको ३७ दशमलव २५ किमी अन्तर्गत बाराको पथलैयादेखि वीरगञ्ज भन्सारसम्मको काम अन्तिम चरणमा पुगेको हो । कुल ७० किलोमिटर लम्बाइ रहेको परियोजना अन्तर्गत भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर क्षेत्रफमा रहेको छ । सो क्षेत्रफलमा २३ किलोमिटर सम्म पाइप ओछ्याउने कार्य लगभग सम्पन्न भएको र बाँकी पथलैया अमलेखगञ्जबिच पर्ने जँगलमा ९ किलोमिटरसम्म रुख कटान गरि पाइप ओछयाउन बाँकी रहेको छ ।

परियोजनाको पाइप लाइन ओछ्याउनको लागि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्र्ने निकुञ्ज कोर क्षेत्रका ३ हजार २ सय ७३, मध्यवर्ती वन क्षेत्रका १ हजार १ सय १६ र मध्यवर्ती सामुदायिक वन क्षेत्रका २ हजार १ सय ७४ रुख काटिने भएको छ ।

रुख कटान हुन नसक्दा पथलैयादेखि अमलेखगञ्जसम्म झण्डै ९ किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम सुरु हुन सकेको छैन । टिम्बर कर्पोरेशन अफ नेपाल को शाखा कार्यालय पथलैयाले गएको माघ ८ गते रुखहरुबाट काठ दाउरा कटान, मुछान, ढुवानी गर्नका लागि बोलपत्र आह्वानसमेत आव्हान गरिसकेको पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधारभारले जनाएको छ ।

गत वर्षको चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा गएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट पाईप लाइन परियोजनाको संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search