प्रियंकाकाे केनसँगकाे बेडरुम तस्विर भाइरल, काे हाेलान् ती सेक्रेट फाेटाेग्राफर ?

काठमाडौं । बलिउडमा चर्चित नायिका प्रियंका चोपडाले हालै आफ्ना श्रीमानसँग बेडरुममा खिचिएको एक तस्बिर शेयर गरेकी छन् । जसमा निकले एक हातमा ड्रिंकको केन समातेका छन् र प्रियंका निकको काधमा सुतिरहेकी छन्। यो तस्विर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रियंका चोपडा र निकले केही समयअघि मात्रै धुमधामका साथ विवाह गरे । उनीहरुको तस्बिर सामाजिक सञ्जालमा प्राय देख्न पाइन्छ।

तस्बिरको क्याप्सनमा लेखिएको छ ‘होम’ । तस्बिर भाइरल भएसँगै ट्विटरमा मानिसहरुले मजाक उडाउदै प्रश्न गरेका छन् आखिर को हुन ती सिक्रेट फोटोग्राफर ?

कुरा प्रिंयका को कात्रै होइन, संसारका सबैजसो चर्चित अभिनत्री र अभिनेताहरुले आफ्ना गोपनियता आफै सार्वजनिक गर्दै आउन थालेका छन् । चाहे विवाहको तस्बिर होस्, चाहे हनिमुन मनाउन गएको तस्विर होस् सामाजिक सञ्जालमा पोष्ट गर्ने पछिल्लो ट्रेन नै बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search