अरुण तेस्रोकाे पावर हाउसमा अज्ञात समूहद्वारा बम विस्फाेट

काठमाडौं । अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बिहीबार राति अज्ञात समूहले तीनवटा बम विष्फोट गराएको छ ।हालसम्म कुन बम विष्फोट भएको यकिन भइनसकेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

फाइल तस्वीर

पूर्वी पहाडको संखुवासभा जिल्लामा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रहरीको सुरक्षा घेराभित्र यो परियोजनाको निर्माण भारतीय सतलज कम्पनीले गरिरहेको छ ।

चिचिला गाउँपालिका–३ पुखुवामा रहेको परियोजनाको पावर हाउसमा राति करिब साढे आठबजे बम विष्फोट गराइएको प्रहरी कार्यालयले जनाएको छ।

विष्फोट किन र कसले गराएको खुलि नसकेको जनाएको प्रहरी कार्यालयले विष्फोटबाट सुरुङ् खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search