अस्ट्रेलियाको मैदानबाट सन्दीप लामिछानेले भने-नेपाली युवा क्रिकेटरमा अद्भुत कला छ

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले नेपाली युवा र नयाँ खेलाडीहरुमा चमत्कार कला भएको बताएका छन् । युएईसँगको सिरिजपछि विग बासमा फर्केका सन्दीपले खेल मैदानमै प्रतिक्रिया दिँदै नेपाली क्रिकेट टोलीको भविश्य अत्यन्त राम्रो भएको बताए ।

‘हामीले पहिलो एक दिवशीय खेल युएईमा जितेका छौ, यो जितमा कडा मेहेनत त सवैको छ तर नेपाली युवा खेलाडीहरुको क्षमता अद्भुत छ’, उलने भने ‘भविश्यमा नेपाली युवा खेलाडीले चमत्कार नै देखाउने छन् ।’

विग बास बीचमा छोडेर गएका सन्दीप फेरी टीममा फर्केका छन् । मेलवर्न स्टारमा फर्केका सन्दीपलाई खेल मैदानमै प्रतिक्रिया लिइएको थियो । उनले एसिया र बाहिर देशका खेल मैदानहरु फरक हुने गरेका कारण बलिडमा समस्या हुने पनि बताए ।

उनको टीम आज मैदानमा उत्रेको छ । मलर्वनले आज खेल जिते अघिल्लो चरणमा प्रवेश पाउने छ भने पराजित भए बाहिरिनेछ ।
विग बास छोडेर श्रीलंका प्रिमिलियर लेख्न पुगेका सन्दीप त्यहाँबाट पनि युएईबिरुद्ध सिरिज खेल्न पुगेका थिए । सिरिज जितेपछि उनी फेरी अस्ट्रेलिया फर्किएका छन् र विग वासको हिसा बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search