गायिका सिर्जना कार्कीको मारुनी गीत ’कान्छा’ सार्वजनिक

काठमाडौं । आफ्नै स्वर र सङ्गीत रहेको गायिका सिर्जना कार्कीको ’कान्छा’ बोलको मारुनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त म्युजिक भिडियो सामाजिक सञ्जाल युटुबमार्फत सार्वजनिक गरिएको हो । प्रत्यक गीतमा फरक स्वाद पस्केर आफुलाई अब्वल गाायिकाको रुपमा प्रमाणित गर्न चाहने गायिकाले वैदेशिक रोजगारमा गएका मायालुको सम्झना विषयबस्तुमा आधारित भएर गीत तथा म्यूजिक भिडियो तयार गरेकी छन् ।

यस अघी ’धेरै धेरै’ ’मनको राजा’ ‘माया’ तथा ’रोजेको मैले’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब च्यानल सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन ।

कर्णप्रिय स्वरकी धनि गायिका कार्की यो लोक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।
अर्पण कार्की तथा गायिका स्वंमको शब्द रहेको गीतको म्युजिक भिडियोमा अजिता खड्काको साथमा साधना कला केन्द्र समूहको नृत्य तथा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाको अभिनय रहेको छ ।

उक्त गीतमा राम कुमार केसीको छायांकन, सुशील न्यौपानेको सम्पादन अजिता खड्काको कोरियोग्राफी र अर्पण कार्कीको निर्देशन रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएकी गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

भिडियो: 

प्रतिक्रिया दिनुहोस्
X
Type to search