बेरोजगारले काम नपाएको भन्दै एक कराेडसम्मका आयाेजनामा डाेजर चलाउन राेक

काठमाडौं । एक करोड रुपैयाँसम्मका सरकारी योजनामा डोजर प्रयोग गर्न नपाइने  निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेको छ।

मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग गर्न राेक लगाएकाे हाे । मन्त्रिपरिषद्ले पारित गरेकाे प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्देशिका यहि फागुन १ देखि लागू हुँदैछ ।

जनप्रतिनिधिहरुले जथाभावी डोजर प्रयोग गर्दा विकासको नाममा विनाश भइरहेको र बेरोजगारले काम नपाएको भन्दै वातावरणविद्ले सरकारको ध्यानाकर्षण गराउँदै आएकाे खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search