प्राणभन्दा प्याराे हाम्राे रातो झण्डा 

रचनाकार: लक्ष्मी गुरुङ, सभासद

स्वाभिमानको कथा च्याती टुक्रा नपार है
बलिदानको उचाइ माथि लात नमार है
शीरमाथि उच्च हुने हाम्राे रातो झण्डा 
प्यारो लाग्छ हामीलाई आफ्नो प्राण भन्दा
 आफ्नो प्राण भन्दा

फहराउछ सीमानामा पहरेदार बनि
मनभित्रको महाभिडमा रातो खम्बा बनि
उचाइ रहे उचाइ रहन्छ तिम्रो सर्पणमा
गाथा एउटा फुल्छ यहा अर्को समर्पणमा
अर्को समर्पणमा

झरनाको छालको तालमा लहराउने तिमी 
सगरमाथा सिरेटोमा फर्फराउने तिमी
तराइको फाटबााट पहाडकाे यात्रा भर्छौ
पहाडका काखबाट तराइका मैदान झर्छौ
तराइको मैदान झर्छौ

हराउँदैन नेपाली पन तिमी रहुन्जेल
स्पर्शले नेपालीलाई सधै छोउन्जेल
उचाइ राखु तिम्रो कदको मूल्य नेपाली भै
बाची राखु छहारीमा तिम्रो ओतको नेपाली भै
नेपाली भै ! नेपाली भै !!

प्रतिक्रिया दिनुहोस्
X
Type to search