सरकारले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धता चाँडै पूरा गर्छ: रक्षामन्त्री पोखरेल

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालभित्र पूरा गर्ने बताएका छन् ।
रक्षामन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धताबाट पछि नहटेको बताए।

सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको भन्दै उनले अव मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने आस्वासन दिएका हुन । रोजगारीको अवसर सृजना गर्नका लागि यही फागुन १ गते विशेष कार्यक्रममार्फत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गर्न लागेको जानकारी पनि दिए।

आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणा पत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दावी पनि गरे।

प्रतिक्रिया दिनुहोस्
X
Type to search