भारतविरुद्वको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डको पोल्टामा

एजेन्सी । भारतविरुद्वको तीन म्याचको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डले हात पारेको छ ।

तेस्रो तथा अन्तिम खेलमा भारतविरुद्व ४ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज २–१ ले जितेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको भारतले ६ विकेट गुमाएर २ सय ८ रन बनायो ।

ओपनर शिखर धवन ५ रनमा आउट भएको खेलमा राहित शर्माले ३८, विजय शंकरले ४३, ऋषव पन्तले २८, हार्दिक पाण्डेयाले २१ र महेन्द्र सिंह धोनीले २ रन बनाए ।

यसअघि, ह्यामिल्टनमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कोलिन मुन्रोले ७२ रनको अर्धशतकीय पाली खेलेका थिए ।

टिम सेफर्टले ४३ रन, कोलिन डि ग्यान्डहोमले ३० रन बनाए । केन विलियम्सनले २७ रन जोडे । भारतका कुलदिप यादवले २ तथा हार्दिक पाण्डेया र भुवनेश्वर कुमारले समान १–१ विकेट लिए ।

पहिलो टी–ट्वान्टी खेल न्युजिल्याण्डले ८० रनले जितेको थियो । दोश्रो खेलमा भारतले ७ विकेटको जित निकालेको थियो ।

घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज भने भारतले ४–१ ले जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search