अर्थ समितिकाे अर्थ मन्त्रालयलाई निर्देशन- एनसेलसँग ७२ अर्ब ५८ करोड तत्काल उठाऊ !

काठमाडाैं । अर्थ समितिले एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। आइतबार बसेको अर्थ समितिको बैठकले एनसेलसँगको बक्यौता तत्काल उठाउन निर्देशन दिएको हो।

 अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो।

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न पर्ने जानकारी गराएका थिए।

‘बैठकमा सांसद घनश्याम भुसालले भने अहिलेसम्मका घटनालाई त्यत्तिकै छाड्न नहुने बताए। अदालतले पुँजीगत लाभकर तिराउने फैसाला गरेको छ। तर यो भन्दा अघि किन छुट दिने निर्णयहरु भयो त्यसमा को को संलग्न छ। उनीहरुलाई पनि कानुनी दायरामा ल्याउने पर्ने माग उनले गरे।

समितिले आजसम्म सरकारले एनसेलसम्बन्धी गरेको सबै निर्णय समितिमा पठाउन मागसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search