सरकारप्रति जनताकाे असन्तुष्टि बढ्दै गएकाे छ, तत्कार सम्बाेधन गर: नेता नेपाल

काठमाडौं । सत्तारुढ नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताकाे असन्तुष्टिप्रति ध्यान नदिएकाे बताएका छन् । उनले जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षणसमेत गराए।

वरिष्ठ नेता नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन् । आईतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने भनाइ थियाे।

वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टीभित्र निराशा र असन्तुष्टि बढेको भन्दै  समस्या समाधानका लागि तत्काल पहल गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

वरिष्ठ नेता नेपालले काँग्रेसलाई भ्रष्टाचार नियन्त्रण र मुलुकको सुशासनका लागि सरकारलाई सचेत गराउने अभियानमा लाग्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
X
Type to search