जनयुद्ध दिवस भव्यरुपमा मनाउन नेकपा महासचिव पौडेलकाे सर्कुलर

काठमाडाैं । मुख्य सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर शहीदको सम्मानमा देशभर कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको छ ।

पार्टी महासचिव विष्णु पौडेलले सो सर्कुलर जारी गरेको नेकपा स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए ।

जनयुद्ध दिवसको रूपमा भन्दा पनि शहीदको सम्मानमा कार्यक्रम राख्ने भनी सर्कुलर आएको छ,’ थापाले लोकान्तरसँग भने, ‘पार्टीभित्र सबै तहमा आन्तरिक रूपमा यो सर्कुलर पुगेको छ, हामी त्यसै अनुसार कार्यक्रमको तयारीमा लागेका छौं ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search