स्वार्थले ओतप्रोत केही समूहले जनतामा निराशा फैलाएका छन्- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरा ठीकठाकै भए पनि स्वार्थले ओतप्रोत केही समूहले जनतामा निराशा फैलाएर उनीहरुको भावनामा खेलवाड गर्न थालेको  बताएका छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका पाँच प्रभावशाली नेताहरुको झम्सिखेलको गौप्य बैठकदेखि भेनेजुयला प्रकरणमा दाहालले दिएको अभिव्यक्तिबाट रुष्ट बनेका प्रधानमन्त्री ओलीले सरकारको कामकारवाही जनताले मन पराए पनि उनीहरुलाई निराश बनाउन स्वार्थी समूह जुटेको बताएका हुन् ।

गृहमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई जनताले राम्रो काम गर्ने अवसर प्रदान गरेका छन् र उनीहरुको त्यो अवसरलाई हामीले उच्च सम्मान गर्दै अघि बढेका छाैं । तर पनि उनीहरुलाई निराश बनाउने र अमर्यादित काम गर्ने प्रयास केही स्वार्थी समूहबाट भएको छ। त्यसलाई परास्त गर्नुको विकल्प छैन।’

लामो संक्रमणकालपछि नेपाललाई उज्यालो बनाउने सपना देखेको दावी गर्दै अन्धरकारमा धकल्ने प्रयास पनि केही समूहबाट भइहरेको उनको भनाई थियो।

प्रधानमन्त्री ओलीले बढीभन्दा बढी लगानी भित्र्याउने र विदेश पलायन भएका युवालाई स्वदेश फर्काउने सरकारको  योजना रहेकाे  भन्दै  अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने जस्ता अनैतिक प्रवृतिलाई रोक्ने सरकारले  उचित कदम चाल्ने बताए।

प्रतिक्रिया दिनुहोस्
X
Type to search