मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिन्छ- प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि आफुहरुले लगातार पहल गरिरहेको बताएका छन्।

सिरहाको अर्नमा गाउँपालिका–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री, आफु र उपेन्द्र यादवले हस्ताक्षर गरेका बताएका हुन् ।

मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने भन्दै अध्यक्ष प्रचण्डले उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले तराई मधेसको पूर्वाधार निर्माणका निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको  बताए । सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा भएकाे उल्लेख गरे ।

‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु । डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ। उनकाे भनाइ थियाे ।

अध्यक्ष प्रचण्डले सिराहामा फल्ने  आँप र धानको माग विश्वभरि भएकाले  यसक्षेत्रलाई आँप र धानकाे सुपरजाेनको रुपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ्। उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन्। गरीबको उपचार सरकारले गर्नेछ। नगरे अदालतमा मुद्दा दिन पाइन्छ।’ उनकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search