छाउघर उपन्यासका लेखक राज सरगम उदयपुरमा सम्मानित

उदयपुर । छाउघर र छाउघर उपन्यासका लेखक राज सरगम पूर्व शिक्षामन्त्री चित्रलेखा यादवबाट सम्मानित भएका छन् । महिला हिंसा विरुद्व गरिएको कार्यक्रम प्रथम राष्ट्रिय बेटी सम्मेलनमा लेखक राज सरगमको छाउघरलाई सम्मान गरिएको हो ।

सुदूर पश्चिम र मध्यपश्चिममा व्याप्त छाउपडी प्रथा विरुद्व लेखिएको उपन्यास छाउघर २०७३ सालको मदन पुरस्कार तथा पद्धमश्री पुरस्कारमा मनोनितसमेत भएकाे थियाे । उपन्यासमा महिनावारी भएकी १२ पर्षे बालिकाले  छउघरमा बसेर कटाएकाे दुख, पीडा र मनाेदसा उतारिएकाे छ ।

एसकाठमाडाैंसँग कुरा गर्दै लेखक सरगमले भने, ‘मेराे उपन्यास छाउघर सम्मानित हुँदा सामाजिक वेथितिमाथि कलम चलाउन धेरै उर्जा मिलेकाे छ । छाउघर उपन्यासलाई सम्मानित गर्नुभएकाेमा बेटी सम्मेलनका सम्पूण अभियान्ताप्रति र विशेषगरी यस अभियानका संयाेजक नजबुल खान निलमप्रति धेरै आभारी छु ।’

उदयपुरको गाईघाटमा भएको कार्यक्रमलाई मूलधार महिला सेवा केन्द्रले आयोजना गरेको थियो । महिला हिंसा र विभेदकाे विरुद्धमा सञ्चालन गरिएकाे बेटी सम्मेलन माघ २७ देखि शुरु भएकाे हाे र भाेलिसम्म जारी रहने छ ।

शासन, आसन र भाषणमा महिला हुनुर्छ भन्दै विगत केहि वर्षदेखि प्रगतिशील महिलाहरुकाे समूहले याे अभियान सुरु गरेका हुन् । मुस्लिम समुदायकी विद्राेही महिलाकाे पहिचान बनाइसकेकी नजबुल खानले यस ‍अभियानलाई संयाेजन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search