साबित्रा भण्डारी चम्किँदा नेपालले भारतलाई हरायो

काठमाडौं । महिला फुटवलमा नेपालले भारतलाई हराएको छ । भारतको उडिसा जारी हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई २ १ गोल अन्तरबाट हराएको हो । सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतको राष्ट्रिय महिला टीमलाई हराएको हो ।

उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाली महिला फुटवलरले उत्कृष्ट प्रर्दशन गरेका छन् । नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल हानिन् । तर भारतले एक गोल फर्काउन सकेपनि जित निकाल्न सकेन । भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काएकी थिइन। खेलको पाँचौ मिनेटमा साबित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन भने तगतै सातौं मिनेटमा दोस्रो गोल गरेकी थिइन ।

म्यानमारसँग पराजित भएको नेपाल भारतसँग बिजयी भएको छ भने अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको म्यानमारको ६ अंक छ। तेस्रो स्थानमा रहेको भारत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search