लागुऔषध ओसारपसारमा स‌ंलग्न दुई युवा पक्राउ

काठमाडाैं । लागुऔषध ओसारपसारमा स‌ंलग्न दुई युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट विराटनगर पुगेका दुई युवालाई प्रहरीले पक्राउ गरेकाे हाे। भारतको जोगवनीबाट काठमाडौंसम्म  लागुऔषधको खपत हुने गरेकाे प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं कलंकी डेरा गरी बस्दै आएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का २७ वर्षीय विशुनप्रताप साह र सिन्धुलीको मरिण गाउँपालिका –४ का २४ वर्षीय सुरेश माझीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले पक्राउ गरेकाे हो ।

केही दिनअघि विराटनगर आएका उनीहरुले आइतबार भारतीय बजार जोगवनी पुगेर ३ हजार थान नाइट्रोन ट्याब्लेट खरिद गरेको प्रहरीको दाबी छ । खरिद गरेको लागुऔषध भरियामार्फत विराटनगरसम्म ल्याएका माझी र साहलाई लागुऔषध बुझेर काठमाडौं जानै लाग्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार सीमामा पक्राउ पर्ने डरले भरियालाई लागुऔषध बोकाएर उनीहरु खाली हात फर्किएका थिए । विराटनगर आएदेखि निगरानी गरेको प्रहरीले भरियाबाट लागुऔषध बुझेर विराटनगर बाहिर जानै लाग्दा पक्राउ गरेको हो ।

जोगवनीबाट भरियामार्फत ल्याएको लागुऔषध काठमाडौंसम्म पुर्‍याउन खोजिएको डीएसपी श्रेष्ठले बताए । लागुऔषधसहित पक्राउ परेका दुई जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search