१४ वर्षीय बालकको घाँटी रेटेर हत्या

काठमाडाैं । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए ।

मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search