चर्चित अभिनेत्री बर्षा राउत र सन्जोग कोइरालाको इनगेजमेन्ट (तस्वीरहरु)

काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री बर्षा राउत र अभिनेता सन्जोग कोइरालाले इनगेजमेन्ट गरेका छन् । २ फागुन भ्यालेन्टाइन डेमा विवाहको मिति तय गरेका बर्षा र सन्जोगले सोमबार बेलुका इनगेजमेन्ट गरेका हुन् ।
दुवै परिवारको उपस्थितिमा सन्जोगले बर्षालाई औठि पहिनाइदिएका छन् भने बर्षाले पनि माला लगाइदिएकी छिन् । लामो समयदेखि चलेको प्रेम सम्बन्धलाई बर्षा र सन्जोगले विवाहमा परिणत गर्न लागेका छन् । सन्जोगले आफ्नो इनगेजमेन्टका तस्विरहरु सार्वजनिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search