स्मृतिमा घुमिरहेछन् जनयुद्धका ती दिनहरु

 जब दोरम्बा घटनाको खबर सुने ,छाङाबाट खसे झैं लाग्यौं । त्यस घटना पर्नुभएका सबै कमरेडहरु प्रत्यक्ष परिचित थिए। पत्याउन गाह्राे भयो तर के गर्नु घट्ना यथार्थ थियो । त्यसपछि म जिल्लाको सम्पर्कमा आएँ। गुन्सिको गुराँसेमा जिल्लाको टोलिसंग भेट भयो । सबैका आँखामा आँसु सुकिसकेका थिए ।

सबैमा निरास र हतासले भरिएको मनलिएर बसेको देखिन्थ्याे । आफ्ना प्रिय नेता बाबुराम सहित सबै गुमेको त्यो पल सम्हाल्न गार्हो थियो । तै पनि सम्हाल्नुको बिकल्पै थिएन । यस्तै भारीमन बाेकेर हामी बेथान अन्तरे गाउँ हानियौ । जहाँ कमरेड बाबुरामको घर थियो । हामी उहाँ लगाएत त्यस क्रूर हत्याकाण्डमा शहादत कमरेडहरुको सम्झनामा श्रद्धाञ्जली सभा गर्दै थियौ। हत्याकाण्डको सात दिनमा पार्टीले जिल्ला स्तरीय श्रद्धाञ्जली सभाको आयोजना गरेकाे थियाे । कार्यक्रमको संचालनको जिम्मेवारी मेरो थियो । उपस्थित जनसमुदायको भिडलाई सम्हालन अत्यन्तै गाह्राे भयो । सिंगो सभा घण्टौसम्म रोईरह्यौ । आँसु झारेर आँखा नसुन्निएका कोहि थिएनन् ।

उमेरले भर्खर ११ पूरा हुँदै थियो । जनयुद्धको भर्खरै सुरुवात भएको रहेछ । म सानो फुच्चे केटो । बेला बेला पल्लो घरको दाजुको रेडियोमा समाचार सुन्न जान्थें । पश्चिममा जनयुद्धले निक्कै प्रभाव बिस्तार गरिरहेको रहेछ । रेडियो नेपालको घटना र बिचार कार्यक्रमले सरकारको आधिकारिक समाचार सम्प्रेषण गर्दै माओवादी आतंककारीहरुले मानवीय धनजनको नोक्सान गरेको र राज्यले प्रहरी परिचालन गरि व्यापक नियन्त्रणमा लिइरहेको भन्दै समाचारहरु आईरहन्थ्यौ । यस्तै यस्तै समाचार सुन्दै दिनहरु वितिरहेका थिए । यसै सेरोफेरो हाम्रो गाउँको पारिपट्टी रिष्ठे चौरमा मंसिरको पूर्णिमा मेला लाग्थ्यो । हाम्रो गाउँका दाजुहरु पनि त्यस मेलामा जाने गर्दारहेछन् । त्यस बर्षका मेलामा हाम्रो गाउँका दाजुहरुको मेलामा आएका प्रहरीहरुसंग झगडा भएछ । भोलिपल्ट बेलुका हाम्रो गाउँमा प्रहरी ज्यादतीको बिरोध गर्दै जनयुद्धको समर्थनमा मशाल जुलुस प्रदर्शन भयो ।

म त सानो केटो मान्छे । भोलिपल्ट दिउँसो गाउँमा तिमालडाँडा चौकिबाट व्यापक प्रहरी आएर गाउँमा खन्तलासी लियो । हिजो नारा जुलुस र मशाल बाल्ने केटाहरु को को हो भन्दै दिनै पिच्चे प्रहरी आउन थाल्यो । गाउँमा व्यापक आतंक मच्चियो । दाजुहरु शहर पसे । त्यस बेला प्रहरीले खास गरि कमान सिं दाईलाई खोजी गरेका थिए ।

गाउँमा हामी केटा केटि र बुढापाका मात्रै हुन्थ्यो त्यो पनि सबै बेलिका भएपछी घर छोडेर अन्तै गाउँमा बेलुका बास बस्न जान्थे । प्रहरी दिनहुुँ आउथे ।कुखुरा ,सुन्तला सबै लुट्टी लान्थे।अलि उमेरका केटाहरू र बुढोहरुलाई नि पिट्ने, तारीख बोलाउने गर्याे । पुलिसको अघि पर्नुभन्दा लुक्नु बेस ठानेर सबै गाउँ छोड्थे । यस्तै प्रक्रिया लगभग ३ र ४ महिना चलिरह्यौ । त्यसपछी गाउँमा मान्चेको नाममा किटान गरि म्याद टाँस गर्न प्रहरी आए तर कसैले म्याद बुझेनन् । यसरी प्रारम्भमा जनयुद्धको र प्रहरी दमनको अनुभुत गर्दै गरे । यसपछि कहिले कहि गाउँमा नयाँ मान्चेहरु देखिन्थे ।खस आर्य मुलका ती मानिसहरु त्यस बेलाका माओबादी रहेछन।त्यसपछी मैले पाल्देन लामाको नाम सुने माओबादी हो भनेर ।गाउँमा कमान दाईलाईमाओबादी हो भनेर चिनीन थाल्यौ।

यस्तै क्रम्म चलिरहदा मैन कुमार, कर्म, घ्याम्सो र लालकुमार मोक्तान दाईहरु ती नयाँ गाउँमा आउजाउ गर्ने मान्छेहरुको सम्पर्कमा जान्छन र उनीहरु पनि माओबादी हुन भन्ने घाईगुई सुन्न थाले । उनिहरुले नि मलाई एक दिन मैन दाईको घरमा प्रशिक्षण सुन्न भन्दै लगे र मैले पनि त्यो प्रशिक्षणमा भाग लिए । यसपछि २०५३ सालको कार्तिक महिनाको अन्तिमतिर मेरो स्कुलमा दिलमाया र रमेश ढुंगेल आउनु भयो र दाइ घ्याम्सो लामाले विद्यार्थी संगठनमा बस्नुभन्नु भयो । म त्यसदिनको विद्यार्थी भेलामा बसेन र मलाई नि इकाई सदस्यमा राखिएको रहेछ।यसपछि भने गाउँमा नयाँ कमरेडहरुको बाक्लाे उपस्तिथि हुनाथाले । हामिहरुकोमा आउने, बस्ने राजनीतिक कुरा गर्ने । स्कुलमा हामीसंगै भलिबल खेल्ने हुन थाल्यौ । २०५३को मंसिरमा रिष्ठेमा अखिल क्रान्तिकारीको सम्मेलन भयो। म त्यस सम्मेलनमा घोषणा सभामा मात्र पुगे।यसपछी गाउँमा घरमा माओवादीको बिषयमा व्यापक चर्चा हुना थाले। कसैले यी चोर भन्थे । काम गर्नका दुखले मागी खान हिडेका भन्ने सुन्थे। कसैले होईन यी राम्रो कामका लागि हिडेका भन्ने ।

मलाई भने ती कमरेडहरुको प्रशिक्षण र गाउँका पढलेख गरेका त्यस पुस्ता राम्रो दाईहरुको संगत र नेपालको सिमा,वीर अमर सिं,बलभद्रका जिबनिहरुले देशभक्तिको भावना भित्र भित्रै जागेर आईरहेको थियो।यस्तै र यिनै पृष्ठभुमिले म बिस्तारै माओवादीसंग नजिकिदै गैइरहेको थियो।यसै बिछ २०५३साल पौष १९गते बेथानमा प्रहरी चौकिमाथी माओबादी कमरेडहरुले धावा बोली चौकी कब्जा भएको रहेछ।त्यो कुरा भोलिपल्ट बेलुका मैनदाईबाट थाहा भयो र मैले चिनिने मध्ये कमरेड दिलमाया लामाको शहादतको खबर सुने।मन खल्लो भयो।भर्खरै अस्ति मात्र चिनजान गरेको दिल मायाको मृत्युको खबर पत्याउन गाह्रो भयो,तर यथार्थ त्यही थियो । जहाँ उहाँको शहादत भएको थियो।मनमनै उहाँको सपना अब हामिले पूरा गर्नुपर्छ र भविष्यमा पार्टी र क्रान्तिमा लाग्ने बाचा गरें ।

बेथान कार्बाहिपछी लामो समय कमरेडहरुसंग समपर्क टुट्यो । करिब ६ महिनापछी दिदी सुनिता गौतम सम्पर्कमा आउनु भयो। जेष्ठमा ४विद्यार्थी संगठनको जिल्ला शिक्षा कार्यलय घेराउमा जानुपर्ने कुरा भयो।जिल्ला शिक्षा कार्यलय घेराउ सकेर पिंखुरिको अदुवावारि पेमा लामा दाईको घरमा आएर विद्यार्थी संगठनको जिल्ला भेलामा सहभागी भएं।त्यस् बेला व्यापक प्रहरी दमन सुरुभएको थियो।खाँडादेबिको चोप्राङमा प्रहरीले खन्तलासी लियो।हामीले डिआर समुहको विद्यार्थी कार्यक्रमबाट आएकोभनी ढाँट्यौ प्रहरीलाई।त्यसपछी असारमा विद्यार्थीको जिल्ला सम्मेलन थियो।जिल्ला भरी व्यापक प्रहरी दमन चलिरहेकै थियो।म मेरो बिद्यालयको प्रतिनिधित्व गर्दै पकरबास भिमसेनथानमा सम्पर्कमा पुगे तर हामिलाई फर्कनु भन्ने पत्र पाए र हामी भोलिपल्ट घर फर्कियाैं।

२०५८ सालको बैशाखमा परिक्षा सकिएर घर आईपुग्दा घरम एउटा पत्र आएर बसेको रहेछ। उक्त पत्रमा १५ गते संगठनको जिल्ला कार्यलय स्तरको बैठकको सूचना रहेछ। दुई दिन बिध्यालयमा साथी र शिक्षकहरुसंग भेटी १५गतेको बैठक लागे।पोडिको काफलडाँडाको एक घरमा बसेको उक्त बैठकले जेष्ठ १गते संगठनको १०औ जिल्ला सम्मेलन सप्पन्न गर्ने निर्णय गर्यौ।सम्मेलनको तयारीका लागि आबस्यक प्रचारप्रसारका सामाग्री सहित आफ्नो कार्य क्षेत्र तर्फ लागियो।निर्धारित समयमा जिल्ला सम्मेलन सम्पन्न भयो।मलाई पुनः उक्त सम्मेलनले जिल्ला सचीवकै जिम्मेवारीमा निर्बाचित गर्यौ।सम्मेलन पश्चात् मेरो कार्य क्षेत्र तामाकोसी पारी र वारिका ईलाका तोकियो।पार्टी संगको कार्य संयोजन सहित म आफ्नो काममा लागि रहे।यसै बिच संगठनका त्यसबेलाका यश पुर्बी ब्युरोका संयोजक कमरेड महेन्द्र श्रेष्ठ संग म सिन्धुपाल्चोकको जिल्ला सम्मेलनमा पुगे ।

सिन्धुपाल्चोकको सम्मेलन चलिरहेकै बखत दरबार हत्याकाण्ड घट्यौ।म महेन्द्र दाईसंगै काठमाडौ लागे।केहिदिनको काठमाडौ बसाई पछी म पुनः आफ्नो कार्य क्षेत्र तर्फ फुलासी आईपुगे।यसरी मेरो जनयुद्धप्रतिको झुकाब र विभिन्न आरोह अबरोह,दमन र संगठनको कृयाशिल जीवन सहित पार्टी र संगठनको कममा पुर्नकालिन हुँदै भैरहेको पत्यौ भएन।जब विद्यार्थी जिबनमा संगठनको कामको आलब हामी पार्टीका सबै प्रकारका भुमिगत कामहरुमा सहभागी भैरहेका थियौ।पार्टी सम्पर्क ,विभिन्न शिबिरहरुमा सहभागी ,खुल्ला सभामा सहभागी ,मौसमि चन्द संकलन,लगाएत पार्टीका फौजी बाहेकका सबै काममा सहभागी थियौ।पार्टीका सबै सम्पर्क सुत्र थाहा हुन्थ्यो ।खास गरि कमरेड बाबुराम लामा पुष्प दाईसंग बढी भेटघाट र सम्पर्क हुन्थ्यो त्यस बेला। उहाँ नै हाम्रो त्यस भेगको पार्टी जिम्मेवारीमा हुनुहुदो रहेछ।मैले यश यल सि सकेपछी मात्र पुर्णकालिन हुने सोछे तर मेरो सहपाठी बहिनी केशरी लामा १० कक्षाको पढाई बिचमै छाडी पार्टीमा पुर्णकालिन हुनुभएको थियो।उनि संगसंगै पुँडी टारकी रबिना बिक बहिनी पनि संग होलट्याम्बर हुनु भएको थियो।उहाँहरुको त्यो साहसले गर्दा मलाई नि कहिले यस यल सि सकिएला र पार्टी र संगठनको जिम्मेवारीमा पुर्णकालिन भएर लागाऔ ल भन्ने भैइरहेको थियो।मेरो उक्त बेग्र प्रतीक्षालाई मैले यस यल सि सक्ने बितिकै संगठनको सम्मेलनको क्रम्मसंगै पूरा गरि छाडे।यसरी मेरो जनयुद्धमा विद्यार्थी जिबनहुदै राजनीतिको नयाँ यात्रामा संगठनको पुर्णकालिन जीवन सहित सुरु भयो।सरुवातका पुर्नकालिन जिबनमा संगठनका खुल्ला कामहरुमा हिडदा त खासै भुमिगत जिबनको नयाँ अनुभूति भएन।जब पार्टीको टिमसंग हिड्न थाले तब भुमिगत जिबनको नयाँ अनुभव भयो।

टिमसंगको नियमित शारीरिक अब्यास।बेलुका गाउँ घरमा राजनीतिक भेला ,प्रशिक्षण र पार्टी संगठन बिस्तार ।जननिर्भर खानपिन ।टिममा नियम अनुसारको सेन्टी।राती कार्यक्रम सकिएपछी सेल्टर परिवर्तन र सुरक्षा अबस्था हेरेर टिमसंग पुरै भुमिगत बसाई आधिले सांच्चै भुमिगत पार्टी काम र जिम्मेवारीको नयाँ अनुभुत भयो।यस अबधिको सुरुका चरण म भटौली,पुरानागाँउ,पिंखुरी ,फुलासी र डडुवा भेगमा रहे।यश भेग मन्थली , किर्ने र ,दोरम्बा प्रहरी चौकिको बिच भाग थियो।दरबार हत्याकाण्डपछि बदलिएको राजनीतिक परिबर्तन संगै जब युद्ध बिराम भयो त्यसपछी भने पार्टी गतिविधि खुल्ला हुन थाल्यो ।स्थानीय स्तरमा गाउँ जनसरकारको घोषणा गर्दै २०५८ साल भाद्र ११गतेको डडुवाको कुखुरे आहालमा रामेछाप जिल्ला जनसरकारको घोषणा भयो ।हजारौं जनताबिछ भएको यो घोषणले रामेछापमा जनसत्ताको नयाँ जिल्ला स्तरीय अभ्यास भयो।रामेछापका हजारौं जनतामा जनयुद्धको प्रभावले गुणात्मक फड्को मार्यौ।पार्टीमा पुर्णकालिन कार्यकर्ताको उल्लेखनीय वृद्धि भयो।पार्टी जनसम्पर्क व्यापक बिस्तार भयो।पार्टीमा भएको उल्लेखनीय कार्यकर्ताको सहभागीताले पार्टी सैन्य संगठन बिस्तारलाई पनि नयाँ उचाइमा पुर्यायो।यश अबधि भर पनि म गाल्बा उत्ताकै भूभागमा सक्रिय रहे।यसपछी जब बार्ताबाट राजनीतिक निकास नदिने भयो र पहिलो युद्ध बिराम भंग भयो र म उहीँ पुरानै आफ्नो कार्य क्षेत्रमा रहे।सुरुका चरणमा सुचनांसंचारका काममा रहे।खास गरि मन्थली र किर्नेबाट दुशनमको मुभको सुचना बुझ्ने र जिल्ला हेडक्वाटरको सम्पर्कमा पठाउने जिम्मेवारी बहन गरे।उक्त कामको जिम्मेवारीमा मसंग कमरेड शेर सिं हुनुहुन्थ्यो ।उहाँ त्यस बेला याच क्युमा कमरेड ललित संग हुनुहुन्थ्यो । हामी केही हप्तासंगै काम गर्यौ। यसपछी हामिसंगै फुलासी देबिटारको आर्कमा एम्भुसमा बस्यौ।

जब २०५९र६०मा युद्ध बिराम भयो र पार्टीले विद्यार्थी संगठनको जिल्लाको ११औ सम्मेलन भयो र सम्मेलनले जिल्ला अध्यक्षमा जिम्मेवारी प्रदान गरेपछी म संगठनको काममा जिल्ला भरी फुल्ली मुभमा रहे । संकटकालपछी बनेको पार्टीको संरचनामा कोशिपारिको फर्पु यता रामेछापको पुरै भुभाग र काभ्रे दोलालघाट वारिकोभुभाग मिलि बनेको रामेछाप र काभ्रेको उक्त भूगोल थियो । दोरम्बा घटना भन्दा केहिदिन अघि बसेको पार्टी जिल्ला समितिको बैठकले मेरो पार्टी कार्य क्षेत्र काभ्रेको कोशिपारी चौरिदेउराली एरिया र संगठनमा जिल्ला भरी थियो । पार्टी कार्य क्षेत्र परिवर्तनका कारण म दोरम्बा घट्नाताका त्यस एरियामा परेन । अन्यथा त्यस अघि मेरो पार्टी कार्य क्षेत्र दोरम्बा समेतको भुभागमा थियो र मेरो एरिया इन्चार्ज कमरेड ललिका हुनुहुन्थ्यो । दोरम्बा घट्नाको दिन म काभ्रेको दोलालघाट थिए । संगठनको कामको क्रममा कमरेड राजिब र म संगै थियौ । कमरेड राजिब संगठनको जिल्ला सचिव हुनुहुन्थ्यो । जब दोरम्बा घटनाको खबर सुने ,छाङाबाट खसे झै लाग्यौं । त्यस घटना पर्नुभएका सबै कमरेडहरु प्रत्यक्ष परिचित थिए । पत्याउन गाह्राे भयो तर के गर्नु घट्ना यथार्थ थियो । त्यसपछि म जिल्लाको सम्पर्कमा आए । गुन्सिको गुराँसेमा जिल्लाको टोलिसंग भेट भयो । सबैका आँखामा आँसु सुकि सकेका थिए । सबैमा निरास र हतासले भरिएको मनलिएर बसेको देखिन्थ्याे । आफ्ना प्रिय नेता बाबुराम सहित सबै गुमेको त्यो पल सम्हाल्न गार्हो थियो तै पनि सम्हाल्नुको बिकल्पै थिएन । यस्तै बारिमनका वारि भोकेर हामी बेथान अन्तरे गाउँ हानियौ । जहाँ कमरेड बाबुरामको घर थियो र हामी उहाँ लगाएत त्यस क्रूर हत्याकाण्डमा शहादत कमरेडहरुको सम्झनामा श्रद्धाञ्जली सभा गर्दै थियौ । हत्याकाण्डको सात दिनमा पार्टीले जिल्ला स्तरीय श्रद्धाञ्जली सभाको आयोजना गर्योल । कार्यक्रमको संचालनको जिम्मेवारी मेरो थियो । उपस्थित जनसमुदायको भिडलाई सम्हालन अत्यन्तै गार्होच भयो । सिंगो सभा घण्टौसम्म रोईरह्यौ । आँसु झारेर आँखा नसुन्निएका कोहि थिएनन् ।

कमरेड बाबुराम जनतामाज कति लोकप्रिय थिए त्यो जनसमुदायको आँखाले बताईरहेको थियो।यसरी त्यहाँ श्रद्धाञ्जली सभा सकेपछि पार्टीको योजना मुताबिक हामी आ आफ्नो जिम्मेवारीमा विभिन्न एरियामा बिभाजित भएर लाग्यौं । २०६०सालको भाद्र १०गते पार्टीले औपचारिक रुपमा युद्ध बिराम भंगको घोषणा गर्यौ । पार्टीले उक्त हत्याकाण्डको सुराकिका आधारमा केही जनदुस्मनहरुलाई जनकार्बाहिको घोषणा गर्यौ।

दोश्रो युद्ध बिराम भंगपछी म विद्यार्थी कामकासाथमा काभे कोशिपारी नै रहे । यसपछी फेरि मलाई पार्टीले युद्ध सम्बादाताको जिम्मेवारी थपियो । पार्टीले संचालन गरेको रेडियो जनगणतन्त्र र जनादेश साप्ताहिकको लागि समाचारको सम्प्रेषण गर्नु पथ्र्यौ । करिब ८ र ९ महिना यस जिम्मेवारीमा पनि थप काम गरियो । जब पार्टीको बहुचर्चित चुनवाङ बैठक सप्पन्न भयो । जनयुद्ध रणनीतिक प्रत्याक्रमनको चरणमा प्रवेश गरेको र ढाडमा टेकि टाउकोमा हान्ने फौजी रणनीति सहित पार्टीलाई फौजीकृत गर्दै सैन्य शक्ति ७ डिबिजनको संरचना निर्माण गर्ने र हामी विद्यार्थीका २० जना केन्द्रिय सदस्यहरुलाई संगठनबाट बिदाई गरि पार्टी भूगोलको आबस्यक जिम्मेवारीमा रहने निर्णय अनुसार म पार्टीको रामेछाप काभ्रे जिल्ला सदस्य रहि पार्टीको जिल्ला बैठकले गाल्बा पारिको तामाकोसी वारि शैलुङ तामाकोसी क्षेत्रको इन्चार्ज बनाई पठाईयो । करिब ७र८जना पुर्णकालिन सदस्यहरुको टिम रहेको उक्त एरियामा बिचमा ग्याप रहेको सम्पर्क र जनसम्बन्धलाई बिस्तार गर्दै दोरम्बा सैनिक बेस क्याम्प,किर्ने बिधुत गृह सैन्य बेस क्याम्प र मन्थली सदरमुकामको बिछ रहि पार्टी कामलाई अर्धभुमिगत शैलिमा निरन्तरता दिईयो । दुश्मन रणनीतिक रुपमा रक्षात्मक अबस्थामा थियो।

हामिले २  २ जनाको टिम बनाई आफ्नो टिमलाई परिचालन गरेका थियौं । मन्थलीको सबै सूचना हामीमा आउने माध्यम जिल्ला कार्यलयको समेत योजनामा मिलाएको थियो । यसरी करिब २०६१ को अन्तिम देखि २०६२ र ६३ सम्म म त्यस शैलुङ मन्थली तामाकोसी आसपासको एरियामा जिम्मेवारीमा रहे । हाम्रो केन्द्र पिंखुरि अदुवाबारी र थानपती आसपासको एरिया थियो । जहाँ निकै पुरानो सम्पर्कका कमरेडहरु र सहिदपरिवार र तुलानत्मकरुपमा सुरक्षाका दृस्टीले अनुकुल भूगोल थियो । म यसरी मेरो जनयुद्धमा प्रारम्भिक सम्पर्क, सक्रीय विद्यार्थी जीवन र पुर्णकालिन भुमिगत जिबनसम्म करिब १३ बर्ष लामो राजनीतिक यात्रामा सक्रियतापूर्वक पार्टी र क्रान्तिका लागि समर्पित भैरहे।१२बुँदे समझदारी र १९दिने जनयुद्ध र जनआन्दोलनपछि हालसम्म पार्टीको पुर्नकालिन पार्टी जीवन सहित सक्रिय छु ।जनयुद्धको त्यस अबधि मै ब्यबहारिक हिसाबले मेरो बैबाहिक जीवन पनि भयो । हाम्रो सन्तानकारुपमा पहिलो छोरी जनयुद्धकै बिछ जन्मायौ र हुर्कायौ।जनयुद्धको यश अबधिमा मैले मेरा दर्जनौ चिरपरिचित कमरेडहरुलाई गुमायौ । दोरम्बा घटनामा पर्नुहुने कमरेडहरु अधिकाम्स मेरो परिचीत अग्रज र सहयोद्दाहरु हुनुहुन्थ्यो । त्यसै गरि कमरेड विश्व मेरो आदरणीय नेता हुनुहुन्थ्यो । पार्टीको जनमुक्ति सेनामा कार्यरत कमरेडहरु कमरेड नाम्गेल, अखिल, डेन्जोक्पा, दिपक बुढाथोकी, आयुत, सन्जिब मेरो मानापटलमा अहिले नि झल्झली आईरहन्छ । उह् कमरेडहरु आज नेपाली क्रान्तिको अजर अमर सहिद बन्नु भएको छ । उहाँहरुका रगतले ल्याएको यो परिवर्तन अमुल्य छ।अजै मानव मुक्तिको यात्रा पूरा भैसकेको छैन।गन्तव्यको बाटो मात्र बदलेका हौं । गन्तव्यमा पुग्न बाँकी छ । यहि गन्तव्य पुग्नका लागि हामिले नयाँ साहस र संकल्प गरेका हौं। बृहत कम्युनिस्ट ध्रुवीकरणले उक्त गन्तव्य पुग्न बाटो फराकिलो बनाएको छ ।

 आज जनयुद्धको यस २४औ बर्षगाँठमा सिंगो पार्टी नेतृत्वलाई यहि सुझाव राख्न चहान्छौ । जनयुद्धमा जीबनको कुर्बानी बाजिराखेर लागेका एक क्रान्तिकारी योद्धाको हैसियतले पार्टीमा खबरदारी गरिराख्नु कर्तव्य ठान्दछौ । जनयुद्ध एक एतिहासिक युद्धको जस्को बलमा सामन्ती राजतन्त्रात्मक ब्यबस्थाको अन्त्य भएको छ । जनयुद्धका कतिपय मुद्दाहरू बिँतिरहेका छन । यो राम्रो कुरा हैन । घाइते अपांगले उपचार पाउन सकेको छैन यो दुस्खद कुरा हो । हजारौं पुर्णकालिन कार्यकर्ताको पंक्ति निरास छन् । उनिहरुलाई उचित जिम्मेवारी सहित रोजगारीमा जोड्नु पर्दछ र सिंगो मुलुकलाई नै अब अनुभुती हुनेगरी आर्थिक जिबनको परिवर्तनको अनुभुती दिलाउने गरि कार्यक्रम ल्याउन आबस्यक छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले थोरै भएपनि क्रमभंग गर्छ भन्ने बिश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search