महिला शिक्षा र स्वास्थ्य अधिकारमा जोड दिंदै सकियाे बेटी सम्मेलन

उलयपुर । नेपालकै ‘प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५’  माघ २९ गते मंगलबार भव्यरुपमा सम्मपन्न भएको छ ।  सम्मेलनको उद्घटन कार्यक्रमका प्रमुख अथितिसमतेल रहेका पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले गरेकी थिइन ।

महिलालाई शिक्षा र स्वास्थ्य अधिकारमा विशेष जोड दिदै मुलुकि ऐनमा भएको कुरालाई नेपाल सरकारले बजेट र योजनामा समेट्नु पर्ने भन्दै बेटी सम्मेलन २०७५ प्रतिवेदनसमेत पारित गरेको कार्यक्रमका प्रवक्ता सरिता राईले बताए ।लैङ्गिक समानता समावेशी अधिकारका लागि आशन, भाषण र शासनमा महिला हुनैपर्ने कुरालाई पनि सम्मेलनले जोडका साथ उठाएको   छ ।

स्थानीय सरकार र केन्द्र सरकारले बार्षिक बजेट र योजना बनाउदा महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने स्यनेटरि प्याडलाई अनिवार्य निशुल्क गरिनु पर्ने माग पनि बेटी सम्मेलनले उठाएको छ ।

सहन नपरोस हि‌ंशा र दुर्व्यवहार स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी शशक्तिकरणको हतियार भन्ने मूल नाराका साथ शुरु भएको बेटी सम्मेलन  देशभरबाट विभिन्न क्षेत्रमा उदाहरणीय योगदान पुर्याएका व्यक्तित्वहरुको सहभागिता रहेको सम्मेलनका प्रवक्ता शरिता राईले जानकारी दिएका छन् । महिला हिंशा र विभेदको अन्त्यका लागि शासनमा महिला, आसनमा महिला र भाषनमा महिला हुनुपर्ने यस संस्थाका संयोजन तथा अभियान्ता नजबुल खानले बताए ।

सम्मेलन माघ २७ देखि ३ दिनसम्म सन्चालन हुने सम्मेलनमा सात प्रदेशबाट बिभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुको सहभागिता रहेको छ। बेटी अर्थात छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गर्ने मुख्य उद्देश्य रहेको प्रवक्ता राईको भनाइ छ । प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ घोषणा पत्रसमेत जारी गर्ने तयारी भएको उनले बताइन ।

प्रवक्ताले बताए अनुसार मुलधार महिला सेवा केन्द्र ९मासबेस० उदयपुरको आयोजनामा हुन लागेको सम्मेलनमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रष्टा, समाजसेवी, कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search