बिहिबार, असार १२, २०७६

६७ प्रतिशतले घट्यो वैदेशिक लगानी, चीनलाई भारतले उछिन्यो



काठमाडौं– नेपालमा वैदेशिक वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ यही चैत १५ र १६ गते लगानी सम्मेलन हुँदैछ । जतिसक्दो बढी वैदेशिक लगानी भित्र्याउने सरकारको नीति भएपनि चालु आर्थिक वर्ष (२०७५/७६) को ८ महिनामा वैदेशिक लगानी ६७.७७ प्रतिशतले घटेको तथ्यांक उद्योग विभागसँग छ ।

८ महिनामा (साउन देखि फागुनसम्म) ११ अर्ब २५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । जबकी गत आर्थिक वर्ष (२०७४/०७५) को यसै अवधिमा वैदेशिक लगानी ३४ अर्ब ९१ करोड रुपैयाँ थियो ।
सबैभन्दा बढी म्यानुफ्याक्चरिङ उद्योगमा ५ अर्ब ४३ करोड रुपैयाँ भन्दा बढी लगानी भित्रिएको छ । सूचना प्रविधि, कृषि, मिनेरल लगायतका उद्योगमा पनि वैदेशिक लगानी भित्रिएको छ ।
यी सबै क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा चालु वर्ष कम लगानी भित्रिएको छ ।

सेवा र पर्यटन क्षेत्रमा भने गत वर्षको भन्दा बढी लगानी भित्रिएको छ । सेवा क्षेत्रमा १ अर्ब ८० करोड र पर्यटन क्षेत्रमा ३ अर्ब ६७ करोड बढी लगानी आएको उद्योग विभागले जनाएको छ ।

गत वर्षको यसै अवधिमा सेवा क्षेत्रमा १ अर्ब २७ करोड र पर्यटन क्षेत्रमा १ अर्ब ५८ करोड रुपैयाँ लगानी आएको थियो । यद्यपि, आयोजना संख्याको हिसाबले भने यस वर्ष २ सय २४ आयोजनाका लागि लगानी आएको छ ।

गत वर्षको यसै अवधिमा १ सय ९४ आयोजनाका लागि मात्र लगानी भित्रिएको थियो । सो वर्ष आयोजनाको संख्या थोरै भएपनि ठूला—ठूला आयोजना भएकाले रकम बढी देखिएको विभागले जनाएको छ ।

चीन भन्दा भारतको लगानी बढी
गत वर्ष सबैभन्दा बढी वैदेशिक लगानी गर्नेमा चीन रहेकोमा यसपटक भने भारतले चीनलाई उछिनेको छ ।

भारतले ४३ वटा आयोजनाका लागि ५ अर्ब ५८ करोड रुपैयाँ लगानी नेपाल ल्याएको छ । यसपछि चीन, सिंगापूर र दक्षिण कोरिया नेपालमा सबैभन्दा बढी लगानी गर्नेमा पर्दछन् । चीनको मेनल्याण्डबाट २ अर्ब १३ करोड र ताइवानबाट ५ करोड ५ लाख लगानी भित्रिएको हो ।

यता, सिंगापूरबाट साढे १ अर्ब बराबरको लगानी भित्रिएको छ भने दक्षिण कोरियाबाट ६३ करोडको लगानी आएको छ । चालु ८ महिनामा विभिन्न २७ वटा मुलुकबाट ११ अर्ब २५ करोड बराबरको लगानी भित्रिएको हो ।

गत वर्ष सबैभन्दा बढी लगानी चीनको थियो । चीनले गत वर्षको ८ महिनामा मेनल्याण्डबाट २८ अर्ब ४९ करोड र हङकङबाट ९ करोड रुपैयाँ भित्र्याएको थियो । सो समयमा भारतले भने ३ अर्ब ९८ करोड भित्र्याएको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology