एक शाैख, एक खेल- फिसिङ्ग !

आर के जी

साच्चै के माछा मार्नु खेल हो त ? उपेन्द्र लिम्ब यसलाई खेलेर एन्जोइ गर्ने गरिन्छ भन्छन् । उनीहरू क्याच गर्छन् । बल्छीमा माछा फसाएर एक आनन्द लिनेलाई अन्तराष्र्टिय भाषामा एङ्लिङ भनिन्छ । त्यही आनन्दको खातिर सहरियाहरू विस्तारै फिसिङ्ग गर्न नदी किनारतिर बरालिरहेका भेटिन्छन् ।

गोधुली घामको अन्तिम किरणले कर्णाली नदी चिरेर गहिरिंदै थियो । यस्तै गहिरो ध्यानमा नदीको किनार माछा मार्न बसिरहेका एकझुण्ड मान्छे देखिन्थे ।

आधुनिक बल्छी थापेर माछा पर्खिरहेका छन्, सभ्रान्त फ्यामिलीका बौद्धिक पात्रहरू । जो सहरको भीड छिचोलेर कर्णाली नदीकोतिर पर्खिरहेका छन् – माछा ।

पानीको बगाइमा आएको उभाँरभरि माछा उग्लिएको देखिन्थ्यो । तर माछा चलाखीका साथ बल्छीलाई छलेर उम्किन्थ्यो । फेरि त्यो झुण्ड एक ध्यानले माछाको प्रतिक्षा गरिरहेका हुन्थे । धैर्यता कहाँबाट बटुलीरहेका छन् त ?

पानीको बगाइमा आएको उभाँरभरि माछा उग्लिएको देखिन्थ्यो । तर माछा चलाखीका साथ बल्छीलाई छलेर उम्किन्थ्यो । फेरि त्यो झुण्ड एक ध्यानले माछाको प्रतिक्षा गरिरहेका हुन्थे । धैर्यता कहाँबाट बटुलीरहेका छन् त ?

गाउँलेहरू माछा मारेर दैनिक छाक टारिरहेका छन् । नदी, खोला, ताल तलैयाको छेउछाउमा बसोबास गर्नेहरूले माछा मारेर जीविकोपालन गर्नेभन्दा फरक झुण्ड अहिले खोला नदी तालतलैयाको छेउछाउमा भेटिन्छन् । आखिर हाइ प्रोफाइलका व्यक्तिहरूलाई माछा मार्न केले प्रेरित गरिरहेको छ त ?

माछा मार्नुलाई व्यवसायिक रूपमा हेरिरहेको समाजका केही उच्च घरानाका व्यक्तिहरू भने माछा मार्नुलाई इन्टरटेन्मेन्टको लागि किन रमाइरहेका छन् ?

माछा रहरले मारिन्छ कि, व्यवसायिक रूपमा । माछा छोपेर छोड्न प्रयोग गरिन्छ कि त्यसलाई खानको लागि मारिन्छ । बिगत लामो समयदेखि नेपालका ठूला नदीहरू पुगिरहने डा. डेनिस श्रेष्ठ भन्छन्, ‘फिसिङ्ग एउटा हवि हो, जहाँ एन्जोइ गरिन्छ ।’

डा. डेनिस श्रेष्ठले सानैदेखि माछा मार्न लोभिन्थे । सानामा साथीहरू मिलेर खोला किनारमा माछा पक्रिने उपाय गर्थे । प्रायः सानैदेखि आउट डोरमा उनी अभिभावकसँग जान्थे । माछा पोखरीहरूमा पालेको माछालाई छोप्दै माछाहरूसँग खेल्थे । यही क्रममा उनीभित्र फिसिङ्गप्रति मन बढ्दै गयो ।

नैदेखिको इच्छालाई मनमै थाती राखेर उनी पढाइको सिलसिलामा देश बाहिर रहे । उनी जब नेपाल फर्किए त्यतिखेर द्धन्द्धकाल चलिरहेकोथियो । उसो त डा. डेबिटलाई शिकार पनि रूचाउथे । तर शिकार महङ्गो थियो । फेरि तत्कालिन अवस्थामा शिकार सम्भव नदेखिएपछि उनले फिसिङ्ग गर्नतिर लागे ।

एकदिन उनी रहरका साथ फिसिङ्गको सामान खोज्दै न्युरोड विशाल बजार पुगे । जहाँ गिफ्ट हाउसमा फिसिङ्ग गर्ने रड तथा लाइटहरू पाइन्थ्यो । सामान किन्न जान लाग्दा फिसिङ्गका उस्ताद उपेन्द्र लिम्बुको सौहर माछा समाएको फोटो देखे । डा. डेनिसलाई अर्को उर्जा मिल्यो ।

रहर मिलेर बनेको समूह

२००२ मा उपेन्द्र लिम्बुसँग फिसिङ्ग गर्ने सोचका साथ एक हप्ताको ट्रिप लिएर डा. डेनिस धरानतिर गए । उनीसँग थिए— राजन लिम्बु, भरत सुनवार, टेक लिम्बु, अरूण कार्की । अनुभवी उपेन्द्र फिसिङ्गमा रूचि भएकाहरूलाई ताप्लेजुङतिर उकाले । तमोरको माथि-माथि उग्लिदै फिसिङ्ग गर्दै गइरहे ।

फिसिङमा रूची हुनेहरूको ग्यादरिङ्ग बढ्दै पगयो । अहिले सातआठ जनाको समूहमा फिसिमा बर्षेनी तीन ओटासम्मको ट्रिप लगाइरहन्छन् । उपेन्द्र भन्छन्, ‘फिसिङ्ग गर्न जान थालेको सेम इन्ट्रेस्ट भएकाहरू हुन् ।’

फिसिङमा रूची हुनेहरूको ग्यादरिङ्ग बढ्दै पगयो । अहिले सातआठ जनाको समूहमा फिसिमा बर्षेनी तीन ओटासम्मको ट्रिप लगाइरहन्छन् । उपेन्द्र भन्छन्, ‘फिसिङ्ग गर्न जान थालेको सेम इन्ट्रेस्ट भएकाहरू हुन् ।’

रहरहरू मिल्न थाल्यो भने समूह बढ्ने हो । समूहमा हिड्नु आफैमा रमाइलो हुनु हो । यही समूह देशका अन्य नदीहरूमा पनि त्रमश पुग्न थाल्यो ।

फिसिङ्ग कहाँ सहज हुन्छ, त्यो उपाय खोज्न थालियो । फिसिङ्ग कहाँ बढी गर्न सकिन्छ ? फिसिङ्ग कति पक्रिन सकिन्छ यस्ता कुराहरूले उनीहरूलाई जिज्ञासु बनाइरह्यो । उपेन्द्र भन्छन्, ‘फिसिङ्गले हामीलाई हप्तौं हिडाएको छ ।’

फिसिङ्ग गर्नैकै लागि भनेर डा.डेनिस र उपेन्द्र लिम्बुको समूहले पूर्वपश्चिमका ठूला नदी पुगेका छन् । त्रिशुलीमा नमिठो अनुभव रहेको छ । दुई दिनसम्म पनि माछा भेटिएनन् । त्यो समय त्यसै खेर गएकोप्रति उनका सबै समूह निराश भए । उनी भन्छन्, ‘त्रिशुलीमा माछा नभेटिदा नयाँ नयाँ फिसिङ्गमा लागेकालाई साह्रै निराश बनायो ।’

त्रिशुलीको दुःख बर्दियाको बबइ नदीमा पुगेर विर्सिए । माछा मार्न बबई नदीमा टिकट सिस्टम छ । त्यहाँ यो समूहले भरपूर फिसिङ्ग गर्न पाए ।

कर्णाली सेती नदीमा पनि उनी ¥याफ्टीङ्ग पनि गरेका छन् । डेनिस भन्छन्, ‘माछामा मुख्य स्पेशिस भनेको, गोल्डन मासिर (सोअर)हो ।’
यसैमा उपेन्द्र थप्छन्, ‘यी माछालाई हामी पहिला वेट गर्थेनौं पछिपछि हामीले तौलिन थाल्यौं कम्तीमा । बिस किलोसम्मको माछा समाएका छौं ।’

सौअर माछाले यो ग्रुपलाई खुब रमाइलो गराएको छ । त्यो माछा लोभलाग्दो छन् । यी माछा मुस्किलले पाइन्छ । प्रायः सप्तकोशीको तल मात्रै भेटिन्छ सौअर माछा । र माछा जहाँ धेरै हुन्छ त्यहाँ डल्फिन पनि भेटिन्थ्यो । सवर माछाले माछै खाने हो । लाइफ साइकल पानीमै रहनेहरूले त्यही पपुलेशनलाई हेर्छन् । उपेन्द्र भन्छन्, ‘साना किराहरू सकिदै गयो भने माछाहरू घट्दै जानु हो । त्यो एउटा इन्डिकेट हुन सक्छ ।’

एक हवि एक खेल

उपेन उपेन भनेर चिनिने गर्छन् फिसिङ्गका उस्ताद उपेन्द्र लिम्बु । अहिले ४१ वर्षतिर लागे । फिसिङ्गलाई कसरी बुझ्ने ?
उनी भन्छन्, ‘फिसिङ्गलाई हविको रूपमा बुझ्ने हो र खेलको रूपमा !’

साच्चै के माछा मार्नु खेल हो त ? उपेन्द्र लिम्ब यसलाई खेलेर एन्जोइ गर्ने गरिन्छ भन्छन् । उनीहरू क्याच गर्छन् । बल्छीमा माछा फसाएर एक आनन्द लिनेलाई अन्तर्राष्र्ट्रिय भाषामा एङ्लिङ भनिन्छ । त्यही आनन्दको खातिर सहरियाहरू विस्तारै फिसिङ्ग गर्न नदी किनारतिर बरालिरहेका भेटिन्छन् ।

फिसिङ्ग नेपालमा खास गरेर कहिलेबाट सुरु भयो । यसको खास यकिन नभएको बताउछन् लिम्बु । राणाकालिन समयदेखि नै हुदै आएकोझै लाग्छ उनलाई ।

माछा मार्नु र माछा समाउने खेल खेल्नुमा के फरक छ त ? उनी भन्छन्, ‘माछा मार्नु प्रतिमाया रहदैन । तर खेल्नु माछासँग प्रेम हुनु हो ।’
१९९६ बाट उपेन्द्रले फिसिङ्ग गर्न थाले । तमोरबाट उनले सुरु गरेका थिए । त्यसबेला सिनियरहरू थिए टेक लिम्बु, भरतमणी सुनवार । हाल सिंगापुर बस्दै आएका उपेन्द्र वर्षेनी फिसिङ्ग गर्नकै लागि नेपाल आइपुग्छन् ।

क्याच इन रिलिज

पश्चिममा सेती, कर्णाली, महाकाली, बबइ भेरी, लोअर भेरी, नारायणी, पूर्वमा सुनकोसी, अरुण शप्तकोशी, तमोर जस्ता नदीमा फिसिङ्ग गरेको अनुभव छ उपेन्द्रसँग ।

फिसिङ्गमा लागेहरूले पहिला-पहिला अभरनेस जस्तो कार्यक्रम गर्दै आइरहेका छन् । नदी किनारको बस्ती बासीलाई माछा बचाउन सुझाव दिने गर्छन् । उपेन्द्र भन्छन्, ‘फिसिङ्गलाई अभियानको रूपमा बदल्दै छौं ।’

माछा बचाउने अभियानका रूपमा लागेको छन् उनी । जसको टिममा नाम राखिएको छ— गेम फिस । नदी किनारका बस्तीमा माछाको संरक्षण गर्न बताइएको थियो । र स्थानियहरूलाई काम फिसिङ्गको बारेमा जानकारी गरान्थ्यो । डा. डेनिस भन्छन्, ‘कोशी क्षेत्रमा अवेरनश नै चलाइयो ।’

नदी किनार बासीको दैनिक जीवन धान्ने पेशा माछा मार्नु हो । तिनै मान्छेलाई माछा बचाउन कन्भेन्स गर्नु पर्ने देखिन्छ । तर मान्छेहरूले सहजै कहाँ बुझ्लान र ?

उपेन्द्र भन्छन्, ‘स्पीसिङ फिसिङ गर्न सकिन्छ । सबैको सस्तो पनि हुन्छ । सेटप लगाउन सकिन्छ । दुइ लाखसम्म पनि खर्च गर्न सकिन्छ ।’
गेम फिस ग्रुपले सुरुसुरुमा माछा मार्दै पोलेर खान्थ्यो । माछाको स्वाद लिदै आइरहेको ग्रुपमा मिसिए रविमान सिंह । जसले माछालाई पोलेर नखान सुझाव दिए । अथवा माछालाई नमार्न आग्रह गरे । उपेन्द्र भन्छन्, ‘गेमको रूपमा जाने हो भने कन्जरभेटरलाई हामीले परिवर्तन गर्न सकिन्छ भन्ने हो ।’

फिसिङमा माछा बच्ने सम्भावना बढी हुन्छ । त्यसपछि त्यो ग्रुपले बिस्तारै ठूला माछासँग खेल्न मात्रै थाले । माछालाई समाएर खेल्न रुचि बढाउदै गए । उपेन्द्र भन्छन्, ‘हामले माछालाई टोटल्ली क्याच इन रिलिज गर्न थाल्यौं ।’

बिस्तारै माछासँग सेफ्ली रिलिज गर्न थाले । माछाको रेकर्ड राख्न थाले । फोटो खिच्न थालियो । डा. डेनिस भन्छन्, ‘२००५ देखि ‘क्याच इन रिलिज’ गरियो ।’

माछाको बिनाश

भारतमा ‘सौवर माछा’ मार्यो भने गाइ मारेजस्तै अपराध हुन्छ । डेनिस्ले चम्पावतको भ्रमणमा थाहा पाएका रहेछन् । फिसिङ्गको लागि महाकाली पुगेका थिए । तर उनी महेन्द्रनगर बनवासा हुदै चम्पाबद पुगेका थिए । डेनिस सम्झदै भन्छन्, ‘चम्पावतको नेशनेल पार्कको अथोरिटीमा माछा मार्न पाइन्छ । एकदिनको ७ सय रुपैया दिएका थियौं ।’

त्यहाँ उनले ड्यामको कारण माछा सकिएको थाहा पाए । ड्यामले पानीको सतहलाई बिगार्ने र भएको पानीलाई धमिलो पार्ने गर्छ । डेनिस भन्छन्, ‘धमिलो पानीमो फिसिङ्ग सम्भव छैन ।’

जाडो महिनामा माछाहरू बेसी झर्छन् । गर्मीको समयमा माछाहरू बेसीबाट उकालो उग्लिन थाल्छन् । साना साना खोलामा माछाहरू अण्डा पार्छन् । विभिन्न हाड्रोपावरको कारणले ड्याम बनाइयो भने माछाहरू माथि जान पाउदैनन् । धेरै जसो माछा राती छिर्छन् अण्डा पार्नलाई । माछाहरू एकान्तका कारण माथि उग्लने हुन् तर उग्लन नपाउदा माछाको विकास हुन पाउदैन डेनिस भन्छन्, ‘मेजर प्रोबल, ड्याम हो जसको कारणले माछाको संख्यामा ह्रास हुँदै जान्छ ।’

खोलाहरूमा बालुवा र रोडा निकाल्ने कारणले पनि माछाको बिनास हुने सम्भव बढेको छ । माछाले लेउ खाने हो । त्यही चिजको उत्खनन भयो भने माछाको विकास हुने त भइहाल्यो । रोडा गिट्टी निस्किएपछि पानी धमिलो हुन पुग्छ या माछाका बसाइनै तहसनहस हुन पग्छ । त्यसकारण माछाहरू लोप हुँदै गइरहेको देख्छन् ।

स-सानो खोलामा साना माछाहरू बढी सुरक्षित हुन्छन् । ठूला खोलामा साना माछाहरू ठूला माछाकै शिकार हुने गर्छन् । डेविट भन्छन्, ‘फिस वाकको लागि ड्यामहरूमा भर्‍याङ बनाउनु पर्ने हो तर कसले बनाउने ? त्यसैले माछा माथि उग्लन पाउदैन ।’

खोलाहरूमा बालुवा र रोडा निकाल्ने कारणले पनि माछाको बिनास हुने सम्भव बढेको छ । माछाले लेउ खाने हो । त्यही चिजको उत्खनन भयो भने माछाको विकास हुने त भइहाल्यो । रोडा गिट्टी निस्किएपछि पानी धमिलो हुन पुग्छ या माछाका बसाइनै तहसनहस हुन पग्छ । त्यसकारण माछाहरू लोप हुँदै गइरहेको देख्छन् ।

जाल हानेर मारिने गरिन्छ । पुरै खोलाभरि जाल थापिन्छ । त्यसले पनि माछा सकिन सक्ने हुन्छ । अर्को कुरा माछा मार्न अहिले खोला नदीहरूमा करेण्टहरू नै लगाइन्छ । विष नै हालिन्छ । जसका कारणले माछाको सम्पूर्ण भूर्णको बिनास हुन पुगेका छन् । यिनै कारणले माछाको पपुलेशन कम हुँदै गइरहेको छ ।

नेपालका नदीनालाबाट ८० प्रतिशत माछाहरू हराउदै छन् । डेविट भन्छन्, ‘बाघ र गैडा बचाउन लागियो तर माछा बचाउने वास्था गरिएको छैन् ।’

प्रतिक्रिया दिनुहोस्
X
Type to search