कवि गुरागाइँद्वारा लिखित खुट्टामा श्रीपेच सार्वजनिक

काठमाडौँ । कवि प्रकाश गुरागाइँद्वारा लेखित खुट्टामा श्रीपेच नाम कविता कृति लोकार्पण गरिएको छ ।

शनिबार मण्डला थियटरमा आयोजित एक कार्यक्रममा कवि तथा आख्यानकार राजन मुकारुङ, समाजशास्त्री राजेन्द्र महर्जन र कैलाश राईले संयूक्तरुपमा कृतिको लोकार्पण गरेका हुन् । उन्मुक्त पुस्ताका एक अभियन्ता प्रकाश गुरागाईका कविताहरु समाजिक विकृति विसंगतिको चिरफार गर्दै बर्गिय संर्घषका लागी वकालत गर्ने कविमा पर्छन् ।

खुट्टामा श्रीपेच कविता संगहबाट कवि केवल बिनावीले संग्रहबाट एक कविता बाचन गरेका थिए । खुट्टामा श्रीपेच कविता संग्रह सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search