पर्सामा सामूहिक आत्महत्याको प्रयास, एक युवतीको मृत्यु

काठमाडौँ । पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गर्दा एक युवतीकाे मृत्यु भएको छ । अन्य दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ ।

सामूहिक आत्महत्याको प्रयास गर्दा  जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो ।

भारतको इनर्वा बजारस्थित डा. अनिल कुमारको क्लिनिकमा उपचार क्रममा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

सोही गाउँकी १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन् ।

उनीहरु भारतको इनर्वा बजारमै उपचार गराई घर फर्किएका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरे पनि पुष्टि भएको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search