सुदूरपश्चिमकी कोयली काठमाडौं ओर्लिएपछि…

निलो साह्रि, सेतो स्वीटर, कम्मरमा लगेर बाँधिएका दुवै हात । अनि नजिकै बसेर सारङ्गी रेटिरहेका जीवन साथी कित्थ्याको साथ । यो गीतसँगै सुदूरकी कोइली पहिलो पटक उभिएकी थिइन काठ्मान्डौमा । उनको स्वरले काठ्मान्डौको हल गुञ्जियो । मान्छेले पनि काठ्मान्डौको हल खचाखच भरियो । त्यो भिडमा देशका वरिष्ठ सहित्यकार, समाजसेवीको पनि बाक्लो उपस्थिति देखिन थाल्यो ।

राष्ट्रिय नाचघर जमलको गेटमा पुगेर मैले हेमन्त विवसलाई फोन गरेँ । उनी केही दिन अघिदेखि सुदुरपश्चिमकी कोइली डीक्रा वादीको एकल गायनको कार्यक्रमको चाँजोपाँजो मिलाउनमा व्यस्त थिए । चार घण्टीपछि उनको फोन उठ्यो ।

“दाइ कार्यक्रम कता हो ?” सोधें

म नाचघरमा पहिलोपटक पुगेको थिएँ । कीर्तिपुरबाट हिड्न ढिलो भयो र म पाँच मिनेट ढीलो पुगेँ । उनले मलाई तल रन्थनिएको देखे । तर मैले उनलाई माथि देखिन ।

“माथि हेर न यार । सिधा माथि के ।” हतारिएको आवाजमा बोल्दै थिए । म चारै तिरका झ्यालहरु हेर्न थालेँ । अन्तिममा हरियो जकेटमा मुस्कुराएको एउटा परिचित अनुहार माथिबाट हात हल्लाइरहेको थियो । म माथि उक्लेँ । सुदुरपश्चिम जस्तो भूगोलका कुरा काठ्मान्डौका मान्छेलाई देखाउन, सुनाउन उसै पनि हम्मे पर्छ । यसको लागि हेमन्त विवस जस्ता मान्छे भए मात्र त्यसले मुर्त रुप लिन्छ ।

डाँडाको वयालो जन हो वैरागी मन
घाम लागि कराले तार लागि झिलिमिली

निलो साह्रि, सेतो स्वीटर, कम्मरमा लगेर बाँधिएका दुवै हात । अनि नजिकै बसेर सारङ्गी रेटिरहेका जीवन साथी कित्थ्याको साथ । यो गीतसँगै सुदूरकी कोइली पहिलो पटक उभिएकी थिइन काठ्मान्डौमा । उनको स्वरले काठ्मान्डौको हल गुञ्जियो । मान्छेले पनि काठ्मान्डौको हल खचाखच भरियो । त्यो भिडमा देशका वरिष्ठ सहित्यकार, समाजसेवीको पनि बाक्लो उपस्थिति देखिन थाल्यो । उनको गीतका पुराना फ्यानदेखि नयाँ नयाँ अनुहरा उनलाई हेर्न र सुन्न त्यहाँ आएका थिए । सुदूरपश्चिमले नचिनेकी र उनको कलालाई वास्ता नगरेकी एक देउडाकी जिउँदो इतिहास काठ्मान्डौमा आफूलाई पोख्दै थिइन ।

वादीहरुको परिचय दिँदै सँस्कृती कर्मी तथा कवि विवसले भने “दरबारको पालामा दरबारमा गाना बजाना गर्ने जातिको रुपमा डीक्राका पुर्खा थिए । दरबारले उनीहरुलाई सेरो खाने की फेरो खाने भनी सोध्यो । उनका पुर्खाले यसको अर्थ बुझेनन् । उनीहरुले त्यतिकै भनी दिए हामी त फेरो खाने । त्यसै समयबाट नै वादीहरु मागि खाने जातको रुपमा चिनीए । र घुमेर गीत बजाउँदै आफ्नो कला बेच्दै खान थाले ।”
एकाएक विवसले निकालेको यो प्रसंगले हल मौन थियो ।

चस्मा भित्र देखिएका चिम्सा आँखामा खुशी देखियो । झुमा मुसुक्क हाँसिन र पुलकित हुँदै समर्थनको टाउको हल्लाइन । पछिल्लो पटक अमेरिकी अध्ययता ले उनको स्वरलाई सामाजिक सञ्जालमा राखेपछि उनी एकाएक भाइरल बनेकी थिइन । पश्चिमले बिर्सेको थियो । तर हेमन्तले उनलाई बिर्सेका थिएनन । धेरै अघि उनले मलाई भनेका थिए “डीक्रा जस्तो कलाकारलाई हामीले केही गर्नु पर्छ ।”

डीक्राले गीत गाउनु अघि सम्बोधन गर्ने मन गरिन । भनिन “मेरो स्वरलाई मन पराउन्या । मेरो ठाडीलाई मन पराउन्या सबैलाई हृदयदेखि हार्दिक सुभकामना दिन्छु । ठाडी भाका गाइयो । आफ्नो परिवारलाई साँझ व्यानको छाक टारेर बसेकी थिएँ । आर्थिक अवस्था कमजोर भएकोले आफ्नो गायनलाई अगाडि बढाउन सकिन । नेपालमा काम गर्दा सरम लाग्छ भनेर इन्डियामा काम गर्न गयौँ । गडवालमा मजदुरी गर्यौ । मेरा त गीतै हराए । भाकै हराए । मै हराएँ ।”

यसो भनिरहँदा उनी भावुक मुद्रामा देखिएकी थिइन । जब उनका पति कित्थ्यिाले सारङ्गीमा विरहको धुन भरे उनले कम्मरमा हात लगिन । सुदूरकी कोइलीको कण्ठबाट ठाडी भाका निस्क्यो

ए ओइलाउन लागिग्या तौँरा हातका फूल भाडि
ए त्यसै जिउडाल साइको राम्रो पालुवा सेताइ दन्त

उनको स्वर र गीतको भावलाई सुनेर लठ्ठीएका दर्शक मौन थिए । उनी जस्तो गायीकालाई उठाउने रैथाने संगीत खोजिरहेकी र त्यसैलाई आफ्नो पहिचान बनाएर परिचय दिन खोज्दै गएकी झुमालाई विवसले भने

“अब तपाइँको हातमा गयो सुदूरपश्चिमलाई उठाउने जिम्मा । सुदूरको भाका चिन्ने काम तपाईँको ।”

चस्मा भित्र देखिएका चिम्सा आँखामा खुशी देखियो । झुमा मुसुक्क हाँसिन र पुलकित हुँदै समर्थनको टाउको हल्लाइन । पछिल्लो पटक अमेरिकी अध्ययता ले उनको स्वरलाई सामाजिक सञ्जालमा राखेपछि उनी एकाएक भाइरल बनेकी थिइन । पश्चिमले बिर्सेको थियो । तर हेमन्तले उनलाई बिर्सेका थिएनन । धेरै अघि उनले मलाई भनेका थिए “डीक्रा जस्तो कलाकारलाई हामीले केही गर्नु पर्छ ।” डीक्रा जस्तै कलाककार र उनका जस्तै रैथाने भाका खोज्दै देशका कुना काप्चा पसेकी थिइन रैथाने गीत संगीतकी अभियन्ता झुमा लिम्बु । पर्यटनको विकासमा लागेका अमृत भादगाउँले पनि उनको लागि सारथी बने । उनी आयोजक नै बने ।

चरम गरिबीले देशको एक कलाकारलाई जीवन धान्न हम्य हम्य परेको समयमा उनी काठ्मान्डौमा आफ्नो कला प्रस्तुत गर्न आएकी थिइन । यसै बीचमा आयोजकले उनको सम्मानको कार्यक्रम पनि राखेका थिए । उनलाई सम्मान स्वरुप पचास हजार हातमा थमाइयो । बुलु मुकारुङले उनको हातमा पचास हजार थमाएका थिए । उनको अनुहार खुशीले बल्यो । खप्तडको चिनो भएको कप र प्रमाण पत्र थमाए कवि श्यामलले । सबै दर्शक यो देखेर हर्षित थिए ।

यतिकैमा कार्यक्रमलाई अर्कै तिर मोडे विवसले । उनको अवस्थाको बारेमा जानकारी दिए । उनी बिरामी भएको जानकारी पनि दिए र उनले भने

“हामीले पिलेनको अनुभव ग¥यौँ । अब जाने बेलामा पिलेनमा नगएर गाडिमा जान्छौँ । हामीलाई बचेको पैसाले उपचार गर्न हुन्छ ।” अनौपचारिक भेटमा डीक्रा दम्पत्तीले यसो भनेका थिए । तर विवसले औपचारिक कार्यक्रममा नै भनिदिए । त्यसपछि उनलाई सहयोग गर्ने हातहरुको कमि रहेन ।

उनको अवस्था र कलाले पहिलो पटक काठ्मान्डौमा सम्मान पाएको थियो । काठ्मान्डौले चिनेको थियो । तर हिजोसम्म पश्चिमको एउटा झुप्रामा आफ्नौ दैनिकी चलाउन हम्य परेकी डीक्रालाई कथित जात र गरिबी कै कारण पश्चिमले चिनेकै थिएन । एक समय थियो डीक्राको स्वर नभए क्यासेट नै चल्दैनथ्यो । त्यो समय सबैले उनलाई प्रयोग गरे । आफू माथि आए । तर उनी जहाँको त्यहीँ रहिन । उनलाइ कसैले वास्ता गरेन । उनको कलालाई चिनेर पनि वास्ता गरेन ।

ए बउजु दाइका भैँसा बाउ गोठाली ए बउजु रानी बन लायाका
बउजु दुई दिन कसरी काटुँ ए बउजु मेरा भाग लायाका
ए बउजु क्या राम्रो बासना आयो ए बउजु पालुङ्गी सागको
ए बउजु सुखदुख भोग्नु पर्छ ऐ बउजु आ आफ्ना भागको

उनको अवस्थालाई बुझेर पनि वास्ता गरेन । हेमन्त विवस त पुल मात्रै थिए । उनले दरो पुलको काम गरेका थिए । तर डीक्राको कलालाई त पूर्वले चिनेको थियो । पूर्वको रैथानेले चिनेको थियो । पश्चिम त उनको अवस्थाको बारेमा बेखबर थियो । यसै बीच बुलुले बोल्ने मन गरे । उनी संगीतलाई प्रेम गर्छन । उनी कलालाई प्रेम गर्छन । उनले डोटी गएको कुरा बताए । उनले कार्यक्रमबाट नै भने “म पाँच हजार सहयोग गर्छु ।” उनको यो कुराले कार्यक्रममा तालिहरु पटटट भए । त्यसपछि मञ्चमा पुगे कवि श्यामल । डीक्राको बारेमा बोल्दै जाँदा उनले भने डीक्राका सबै क्यासेटहरु मेरो घरमा सुरक्षित छन । एउटा कलाको पारखीले समाजले बिर्सनै लागेको कलाको इतिहासलाई र उनको कलालाई यसरी बुझ्दा कलाकार कति खुशी हुन्छ त्यो डीक्राको आँखामा देखिएको थियो ।

नै लाग्दि बाडुली नै चिठी नै रैवार आउँदो
घागो हाल्न्या लछी कानैको गलैँचा साइको
साइले छाड्या पछि एक मिट्को सुत्याकी छैन ।

सुदुरपश्चमको सम्पूर्ण जीवनको प्रतिबिम्ब बनेको यो गीत काठ्मान्डौमा उनको गलाबाट ओलिर्यो । दर्शकहरु आफ्नो मोबाइलको क्यामरामा उनको आवाज र उनलाई कैद गर्न लागि परेका थिए । कतिले उनका गीत बुझे कतिले उनको आवाज बुझे तर जतिले बुझे उनीहरु भन्दै थिए हामीले आफ्नो देशको अगार्निक कलालाई चिन्न सकेनौँ भने आफूलाई चिन्न सक्दैनौँ ।

पहिला त हामीले आफ्नै खोजी गर्नु पर्छ । यसै गीतमा सुदूरका कलाकार देवु बोहराले आफ्नो नृत्य प्रस्तुत गरे । गीतको भावमा उनी चुर्लुम्मै डुबे । उनले महिलाको पहिरन लगाएका थिए । केटी जस्तै देखिएका थिए । गीत र नृत्यको तालमेलले दर्शक भावुक र मुग्ध बन्न पुगेका थिए ।

कार्यक्रमको बीचमा पुगे नन्दकृष्ण जोशी । उनले पश्चिमको रैथाने संगीतलाई काठ्मान्डौसम्म पुगाउन ठूलो भुमीका निर्वाहा गरे्का छन् । उनले डीक्रालाई खादा ओढाउँदै गर्दा उद्घोषकको मञ्चबाट फेरि बोले कवि विवस र भने “डीक्रा जस्ती गायीकालाई माथि उठाउनमा झुमाहरुको साथ र हातको आवश्यकता छ ।” त्यसपछि पश्चिमको रैथानेका यात्री महेश आउजी, चक्र बमहरुले पनि खादा ओढाएर सम्मान गरे ।

ए बउजु दाइका भैँसा बाउ गोठाली ए बउजु रानी बन लायाका
बउजु दुई दिन कसरी काटुँ ए बउजु मेरा भाग लायाका
ए बउजु क्या राम्रो बासना आयो ए बउजु पालुङ्गी सागको
ए बउजु सुखदुख भोग्नु पर्छ ऐ बउजु आ आफ्ना भागको

पूर्वको रैथानेकी कोयली झुमा लिम्बु र पश्चिमको रैथानेकी कोयली डीक्रा वादीको आवाजमा सुदूरपश्चिमको रैथाने गीत दर्शकका आँखा र कानमा पुग्दा वातावरण रमाइलो थियो । यसरी नै मिलेर सँधै गाइदिउन जस्तो, पूर्वले पश्चिमलाई चिनेको जस्तो, पश्चिमले पूर्वलाई बुझेको जस्तो । उमेरको डोरी खिरिलो गरि बाटिँदै गएकी डिक्रा र अनुहारमा चमक छाउँदै गएकी झुमाको बीचमा भएको यो दोहोरीले पछिल्लो पुस्ताले अग्रज पुस्ता र उनका सिर्जनालाई सम्मान गरेको भाव प्रतीत हुन्थ्यो ।

एकै रातमा हतार हतार हेमन्त विवसले उनीहरुको लागि यो गीत लेखिदिएका थिए । उनलाई पूर्व र पश्चिम मिलाउनु थियो । यो अनौठो संयोग पनि थियो । तर यो रैथाने संगीतको खोजि र विस्तार यात्राको सुरुवात पनि थियो । वातावरणले यस्तै भन्थ्यो । पश्चिमका अनुहार र पूर्वका अनुहारले भरिएको नाचघरको हलमा बीचका अनुहार पनि देखा परेका थिए । देशको अनुहार देखा परेको थियो । काठ्मान्डौमा पहिलो पटक आफ्नो स्वरुप र अनुहार भेटेको थिएँ । मन त्यसै त्यसै पुलकित थियो ।

वातावरणलाई रमाइलो बनाउन कित्थ्या र डीक्रा हातमा कापिका पाना समातेर उभिए । वाद्यवादनमा लागेका युवाहरु तयारीमा जुट्दै गर्दा उनीहरुको सम्वाद सुरु भयो ।

कित्थ्या —विवाह कहिल्या हुन्या हो ? विवाह हुनु पन्या छ मेरा बड्डाबड्डीको ।
डिक्रा —व्या अगाडि भैगो । अब होइत जाला व्या ।
कित्थ्या —खप्तड पाटनमी गएर गरौँली बुडाबुडी ।
डिक्रा —के छ आँझ विया गर्ने मन छ ?

कित्थ्या —मेरो आँझ दोवरा पनि विहा गरौँ भन्या, सासानैमा विवाह भयो हाम्रो । मैले तो विहाको पत्ताइÒविवाह भन्ने कस्तो हुँदो रैछ भन्ने अरु अरुका देख्दाखेरी अहिले लहड ! खप्तडमा गएर पाटनकोमा विवाह गरुँ ।

डिक्रा —उतीबेला छँटीवाटी यो डिक्रालाई लग्नु पा भन्या जसो लाग्यो । भगाएर लग्या । अँ अहिले विया गर्न पा हुन्थ्यो । अहिले रहर मानेर थोडी हुन्छ ? त्यही पनि बम्बै कार्यक्रममा गएर दुइटै रिङेर आया हुँ ।

कित्थ्या —नाइँ नाइँ भन्नि थिइ । नाइँ नाइँ म गर्दैन विवाहा । मैले भन्या विया भया छैन । मरे भने तुइ र म सङ्गमा हुन्याइन । त्यो भन्दा यो बम्बैको ठूलो मन्दिर छ । त्याँनिर हामी पाँच चोटि घुमु र अङ्गालो हालुँ विवाह भैगो । केटी भुल्याउनु क्या हुन्छ ? केटी भुल्याउनु कन्या रुझाउनु एकै हो । आजभोलि पो केटीलाई केटाले नसोधिबट विवाह हुँदैन । त्यो बेला अलिकति लाटो जमना छ्यो । मैले एलाई भुल्याएँरे, मैले चौध वर्ष मै Òमैले भगाएँ ।

डिक्रा —आचकाल मजाक भया छ । ह ह आजका जस्तो जमना भैदिया काँ पाउनु हुन्थ्यो ?

कित्थ्या— ए भाइ ओ तमी जस्ती नपायावटी म नमनमाइ म जसी लाटी गाँणी पाइहाल्दो हुँ ।

डिक्रा —लाटीगाँणी पाया म त पाउने थिएन त अच्कालका जस्तो जमना भैदिया ।

कित्थ्या —तै पनि अब आफ्नो जसो पनि गुजारा गर्नको लागि त विवाह गर्नै पड्न्याथ्यो ।

डिक्रा —लौ हजुर न अब

कित्थ्या —लौ त भाइ तुइ र मु अब रमाइलो गरौँ । अब जान्या पनि नजान्या पनि म , अब अक्षर पढ्न आउँदैन । मेरा बुवाले बढी पढायाका हुनाले । त्यै पनि झुण्डि झुण्डि उइका पछाडि कसो कसो हुन्छ भनेर अब सुरुवात ग¥या छौँ ।

एकअर्कामा यसरी गरिएको सम्वाद कुनै आख्यानको सम्वाद भन्दा कम थिएन । कुनै मुभिको डायलग भन्दा कम थिएन । यो स्वस्फूर्त रुपमा बोलिएको डायलग थियो । यो जीवन भोगाइको, प्रेम अनुभूतिको उच्चतम अभिव्यक्ति थियो । हाँसोका फोहराले गुञ्जिएको थियो हल ।

नफर्केर आयो भिनाजु न कहिल्यै रैवार पठायो ।

दुबै जनाले यो गीत गाएपछि वान्स मोर वान्स मोरले गुञ्जियो हल । उनले वान्समोर बुझिनिन र आफ्ना लोग्नेलाई हातको इसाराले क्या हो वान्स मोर भन्याको भनि सोधिन । कित्थ्यालाई पनि थाहा थिएन वान्स मोर उनले पनि टोपि मिलाउँदै उनको प्रश्न टारे । हेमन्त विवसले यी सबै कुरा बुझेका थिए । उनले भनिदिए अब यो भन्दा पनि नचाउने गीत छ अन्तिममा ।

उनले लगातार गीत गाउँदै गइन । तालिहरु बज्दै गए । आँशु आँखाको डिलमा रोके दर्शकले । छातिमा गाँठो पार्ने गीत पनि गाइन । रमाइला गीत पनि गाइन ।

अन्तिममा फेरि झुमासँग उनले गीत गाइन ।

बउजु बउजु बासमती धानको भात बउजु बउजु कति बसआयाको
बउजु बउजु तम्रो त्यो वैँशालु जोवन बउजु बउजु देख्दो रसआयाको ।

एउटा हात कम्मरमा र अर्को हात माएकमा लगेर रैथाने संगीतकी सारथी झुमा लिम्बुले भनिन

“जिन्दगीमा पहिलो पटक डीक्रा जस्ती प्रिय स्वर भएकी ठूली गायीका पाएकोमा म आज धेरै खुशी छु । अब हाम्रो यात्रा निरन्तर अगाडि बढ्ने छ ।” उनको यो कुराले सबै भन्दा बढी खुशी त हेमन्त विवस थिए । मुसुमुसु हाँस्दै उनले आफ्नो चस्मा मिलाए ।

“तपाइँहरुसँग यस्तो कलाकार, यस्तो कला भएर पनि बिना अर्थ समय खेर फाल्नु भाछ । खोज्नु पर्दैन यार ? अब यसरी लेखक बन्छु भनेर काठ्मान्डौमा डुलेर हुँदैन काम गर्नुहोस ।” छुट्टीने समयमा चियाको चुस्की सँगै युग पाठकले थर्काएपछि युगीन विवेकले प्यार्लुक्क मेरो अनुहारमा हे¥यो र लामो सास फे¥यो । म आफ्नै विवसताको लाज ढाक्न खिस्स हाँसेँ ।

                                                                          प्रस्तुतिः कृष्ण बोहरा यात्री 

प्रतिक्रिया दिनुहोस्
X
Type to search