राप्रपा स्वाभिमानी यात्राको अन्तिम भोली दिन, कलशयात्रासहित यस्तो बन्यो रुट

काठमाडौं । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अन्तिम चरणमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवार राजधानीमा समापन तथा कलशयात्रा गर्दैछ । राजधानीको टाफिक ब्यवस्थालाई मध्यनजर गरी राप्रपाले कलश यात्राको तालिका तय गरेको छ । विहीबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा समापनको स्थान तोकेको छ । ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा १ चैत १ समापन गर्न लागेको छ ।
विहान साढे ७ बजेदेखि ललितपुरबाट कलश यात्रा शूरु भएपनि कार्यालय समय प्रभावित नहुँने गरी अपरान्ह १२ बजेदेखि सभा शूरु हुने केन्द्रीय सदस्य राजेन्द्रबीर रायले बताए । ललितपुरको यात्रा भक्तपुर पुग्ने भएको छ । भक्तपुरबाट काठमाडौंका विभिन्न स्थल हुँदै डिल्लीबजार पुग्नेछ। त्यहाँबाट कलशयात्रा भृकुटीमण्डपमा पुग्नेछ। राप्रपाले स्वाविमान यात्राका क्रममा यातायात अवरुद्ध हुनसक्ने भएपछि बैकल्पिक मार्ग राजेको छ ।

यस्तो छ यात्राको रुट
बिहान ७ .३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्यविनायक चोक – सल्लाघारी – नयाँठिमी –
गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–हुँदै प्रदर्शनीमार्ग, भृकुटीमण्डप।

प्रतिक्रिया दिनुहोस्
X
Type to search