अवैध हतियार बुझाउन ३५ दिने अल्टिमेटम

काठमाडौँ । सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको सरकारले अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गर्ने भएको हो ।

गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको हो । विप्लव समूहका कार्यकर्ताहरू ठाउँठाउँबाट अवैध हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले त्यस्ता हतियार बुझाउन सर्वसाधारण लगाएत सबैलाई ३५ दिने भित्र हातहतियार बुझाउन आह्वान गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

‘हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।’, मन्त्री बास्कोटाले भने, ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
X
Type to search