साफ च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै नेपाल सेमिफाईनलमा

विराटनगर । नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल रहेको समूह ए मा ब‌ंगलादेश र भुटान रहेका छन् । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र ब‌ंगलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि नेपालले भुटानलाई ३-० ले पराजित गरिसकेको छ ।

भुटान प्रतियोगिताको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । साफको पाँचौ संस्करणसम्म आईपुग्दा भुटान प्रतियोगितामा जित विहिन छ । उसले साफमा अहिलेसम्म एक जित समेत दर्ता गर्न सकेको छैन ।

बिहीबार भएको खेलमा बंगालदेशलाई भुटानले पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर भुटानले गोलको अवसर भने सिर्जना गर्न सकेन । १२औं मिनेटमा जहान सिरात सोप्नाले मध्यभागबाट पाएको लामो पासलाई पेनाल्टी एरियामा वान भर्सेस वानमा गोल गर्न चुकिन् ।

आक्रामक खेल खेलेको बंगलादेशका लागि भुटानी गोलकिपर संगीता मोंगर बाधक बनेकी थिइन् । उनले बंगालदेशकी कप्तान सविना खातुनले प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरिन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search