आर्सनल युरोपा लिगको क्वार्टरफाइनलमा

काठमाण्डौ । पहिलो खेलको नतिजालाई उल्ट्याउँदै इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब रेनेसलाई ३–० ले हराउँदै समग्रमा ४–३ को जितसहित अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु मैदानमा आर्सनललाइ जित दिलाउन पेरिक एम्रिक आबुमियाङ नायक बन्दै दुई गोल गरेका थिए । यस्तै मिटल्याण्ड निल्सले एक गोल गरे । यसअघि पहिलो लेगमा आर्सनल ३–१ ले पराजित भएको थियो । तर, दोस्रो लेगमा आर्सनलले पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गर्यो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search