ओलिभर जेरुडको ह्याट्रिकसंगै चेल्सी क्वार्टरफाइनलमा

काठमाण्डौ । लण्डन क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा युक्रेनी क्लब डाइनामो किभलाई ५–० गोल अन्तरले हराउँदै समग्रमा ८–० को जितसहित चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो ।

किभको मैदानमा चेल्सीलाई फराकिलो जित दिलाउन ओलिभर जेरुडले ह्याट्रिक गरे । यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले एक एक गोल गरे । घरेलु टोलीविरुद्ध एकतर्फ जित निकाल्ने क्रममा जेरुडले पाँचौ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए । खेलको ४५ औं मिनेटमा एलोन्सोले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३–० को अग्रता बनायो ।

दोस्रो हाफमा चेल्सीले थप दुई गोल गर्यो । खेलको ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । योसंगै जेरुडले यस सिजन चेल्सीका लागि ९ खेलमा ९ गोल गर्न सफल भएको । यस्तै खेलको ७८ औं मिनेटमा हुडसनले गोल गर्दा चेल्सीले ५–० गोलको फराकिलो जित निकाल्न सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search