बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रौनियारलाई हटाइयो !

काठमाण्डौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदमुक्त गरिएको छ ।
फागुन १७ गते बसेको ४२ औं सिनेट बैठकको निर्णयबाट सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट हटाउन कुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई सिफारिस गरेका थिए । सिनेटले निर्णय गरेको दुई हप्ता पछि कुलपति ओलीले पदमुक्त गर्ने निर्णय गरेका थिए ।

प्रतिष्ठानमा अनियमितता गरेको, अन्य पदाधिकारीहरुसँग समन्वय नगरेको तथा सहकुलपतिको कुरा समेत पटक पटक अवज्ञा गरेको आरोपमा सिनेटले उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । प्रतिष्ठानको इतिहासमा अनियमितताको आरोपमा बर्खास्त हुने उनी पहिलो उपकुलपति हुन् । अन्य उपकुलपतिलाई अनियमितताको आरोप लागे पनि बर्खास्तमा भने परेका थिएनन् । तर उपकुलपति रौनियार भने आफुलाई अन्यायपूर्ण तरिकाले हटाइएको बताउँछन् । सत्यलाई दबाउन खोजियो सचिव केदारबहादुर अधिकारीको छानविन प्रतिवेदन गाएव गरेर भ्रटाचार गर्नेलाई नै उन्मुक्ति दिइएको छ । मैले गल्ति गरेको र भ्रष्टाचार गरेको भेटिए जस्तोपनि सजायँ भोग्न तयार रहेको उपकुलपति रौनियार बताउँछन् ।

सिनेट बैठकको निर्णय कार्यान्वयनका लागि सहकुलपतिले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने प्रावधान छ । स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले बिहीबार पदमुक्त गरेको निर्णयको जानकारी दिएको थियो । स्वास्थ्यमन्त्रीले रौनियारलाई आधिकारिक पत्र दिएपछि उनी पदमुक्त हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search