विप्लवको पार्टीलाई होइन्, उसको क्रियाकलापलाई प्रतिवन्ध लगाएका हौँ- कानुनमन्त्री ढकाल

सुर्खेत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विखण्डनकारी सीके रावतलाई राज्यको मूलधारमा ल्याउन सरकार सफल भएको दावि गरेका छन् ।

शुक्रबार सुर्खेतमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री ढकालले पार्टी भित्र केहि असन्तुष्टी देखिए जस्तो भएपनि देश नै टुक्राउँछु भन्नेलाई संविधानअनुसार नै मुलधारमा ल्याउन सक्नु सरकारको सफलताको भएको दावि गरे ।

मन्त्री ढकालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई नभई उसको क्रियाकलापलाई प्रतिवन्ध लगाएको समेत बताए । विप्लव नेतृत्वको नेकपा संविधानअनुसार कहि पनि दर्ता नभएकाले आधिकारीक पार्टी नभएको बताए।

‘उक्त दल नै नेपालमा दर्ता नै छैन।’ विप्लव नेतृत्वको नेकपा प्रति लक्षित गर्दै मन्त्री ढकालले भने, ‘सरकारले लगाएको प्रतिबन्धलाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजान्छ, ढकालले भने ’जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको हो।’ उनले सरकारले कसैको राजनीतिक आस्था माथि प्रतिबन्ध नलगाएको बताउदै संविधान विरोधी क्रियाकलापलाई प्रतिवन्ध लगाईएको स्पष्ट पारे।

‘जनप्रतिनिधिलाई धम्क्याउने, बम हान्ने, मान्छे मार्ने, चन्दा आतंक सिर्जना गर्ने जस्ता संविधान विरोधी कार्य गरेकाले हामीले प्रतिबन्ध लगाएका हौं।’ उनले भने, ‘सरकारले लगाएको प्रतिबन्ध प्रति प्रमुख प्रतिपक्ष दल पनि सकारात्मक रहेको छ।’

प्रतिक्रिया दिनुहोस्
X
Type to search