राजधानीमा राप्रपाको शक्ति प्रदर्शन

काठमाडौं । आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शक्ति प्रदर्श गर्दै मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको छ ।

ताप्लेजुङबाट सुरु भएको १५ दिने यात्रा विभिन्न जिल्ला हुँदै काठमाडौं आइपुगेपछि प्रदर्शनसहित समापन गरिएको हो । शुक्रबार विहान ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो ।

यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रासहित भृकुटी मण्डपमा पुगी सभामा परिणत भएको थियो । सभालाई अध्यक्ष कमल थापा, नेताहरू दीपक बोहरा बुद्दिमान तामाङ लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search