सरकारले दियो २०७६ सालमा १५ दिन सार्वजनिक बिदा (सूचिसहित)

काठमाडौँ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । यसमा ५२ शनिवार जोड्दा कुल ६७ दिन पुग्छ ।

शुक्रवार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २०७६ सालमा पर्ने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो । सूचीमा बिदालाई विभिन्न क्याटेगोरीमा छुट्याएर राखिएको छ ।

सरकारले वैशाख महिनामा नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ ।

यस्तै सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ । जसमा काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसमा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ ।

त्यस्तै कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ ।

देशैभर हुने बिदा र भौगोलिक तथा सम्प्रदायले मात्र पाउने बिदाको सूची पनि अलग–अलग छ ।

हेर्नुहोस्, बाँकी बिदाहरु तल उल्लेख गरिएको छ :

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search