डरलाग्दो आक्रमणको सरकारबाट घाेर निन्दा

काठमाडौं। न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा आज भएको गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट सरकार स्तब्ध भएको छ । अविवेकी आतङ्कवादी उक्त कृत्यको सरकारले घोर निन्दा गरेको छ ।

न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ । साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search