रामेछापबाट ३ सय ७ उजुरी अख्तियारमा

काठमाडाैं ।  रामेछाप जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ सय ७ वटा उजुरी परेको छ । यही चालू आर्थिक वर्षमा रामेछापबाट आयाेगमा यति धेरै   उजुरी परेकाे  प्रदेश  ३ कार्यालयले जनाएको छ।

आयोगका अनुसार चालू आर्थिक वर्षमा प्रदेश ३ मा परेका ७ सय २९ उजुरी मध्ये ३ सय ७ वटा उजुरी जिल्लाबाट परेका हुन। रामेछाप जिल्लाबाट परेका उजुरीमा स्थानीय तहले शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा कानुनी प्रक्रिया विपरीत गरेको रहेका छन। वन फडानी गरेको, नदीजन्य वस्तुको अवैध दोहन गरेको र जनप्रतिनिधिले अधिकारको दुरुपयोग गरेको जस्ता उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ३ की प्रमुख हेमकला पाण्डेले बताइन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ३ ले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा पाण्डेले जानकारी दिइन। भ्रष्टाचार नियन्त्रणको लागि आयोगभित्रै र बाहिर पनि निर्ममतापूर्वक लागेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगका सचिव प्रदीपकुमार कोइरालाले बताए। ७८ लाख रुपैयाँ भ्रष्टचार गरेको अभियोगमा अख्तियारकै आयुक्तमाथि अनुसन्धान भइरहेको भन्दै आयोग बाहिर र आन्तरिक रूपमा पनि भ्रष्टाचार नियन्त्रण गर्न निर्ममतापूर्वक लागेको सचिव कोइरालाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search