बार्सिलोनाले म्यान्चेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाउँदा सिटी र टोटेनह्याम आम्ने साम्ने हुँदै

काठमाण्डौ । शुक्रबार सार्वजनिक भएको ड्रमा स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा इंग्लिश क्लब म्यानचेस्टर युनाईटेडसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सी रहेको बार्सिलोनाले पाउल पोग्बा रहेको युनाईटेड प्रतिद्वन्दी पाएको हो ।

यस्तै क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्सले सहज प्रतिद्वन्दी नेदरल्याण्डको आयाक्स पाएको छ । इंग्लिश क्लब लिभरपुलले पनि तुलनात्मक सहज प्रतिद्वन्दी पोर्चुगिज क्लब पोर्टो पाएको छ । त्यस्तै क्वाटरफाइनलमा दुई इंग्लिश क्लब म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने छन् । क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९–१० मा हुनेछ । यस्तै दोस्रो लेग १६–१७ अप्रिलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search