युरोपा लिगमा आर्सनलको प्रतिद्वन्द्वी नेपोली

काठमाण्डौ । शुक्रबार सार्वजनिक भएको ड्रमा इंग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबलको क्वाटरफाइनलमा इटालियन क्लब नेपोलीसंग प्रतिस्पर्धा गर्ने भएको छ । युएइएफएले शुक्रबार सार्वजनिक गरेको क्वाटरफाइनल ’ड्र’ मा आर्सनलको प्रतिद्वन्दी नेपोली परेको हो ।

अर्को इन्ग्लिश क्लब चेल्सीलाई भने सहज प्रतिद्वन्दी परेको छ । चेल्सीले स्लाभिया प्रहासंग खेल्नेछ । यस्तै दुई स्पेनिस क्लब भिल्लारियल र भ्यालेन्सियाले क्वाटरफाइनलमा खेल्नेछन् । त्यस्तै बेन्फिकाले जर्मन क्लब फ्रान्कफर्टसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search