शनिबार, जेष्ठ ११, २०७६

कमानसिंहको कमाण्डमा ‘शैलुङ’



एक सय आठ थुम्कीहरु मिलेर बनेको ‘शैलुङ’ को अर्काे नाम हो ‘स्वर्ग’ । प्राकृतिक, ऐतिहासिक तथा धार्मिक त्रिसंगलम स्थल शैलुङ युद्ध पर्यटकीय स्थल पनि हो । पौराणीक गहिराइमा पुग्ने हो भने बुद्ध गुरु रेम्बोचोले एउटा खुट्टामा उभिएर तपस्था गरेको भेटिन्छ ।

प्राकृतिक, धार्मिक तथा ऐतिहासिक क्षेत्र बर्षाेदेखि ओझेलमा छ । न प्रचार पायो, न पर्यटक भेट्यो । यतिबेला शैलुङको हरियो डाँडाले चौंरी गाईमात्र भेटेको छैन । सक्षम स्थानीय नेतृत्व पनि पाएको छ । शैलुङको पर्यटन विकास गराउन कमानसिंहको कमाण्ड चल्न थालेको छ । उनै दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिं लामासँग गरिएको कुराकानी ।

के हो शैलुङको परिचय ? कसरी बन्न सक्छ, संसारभरीका पर्यटकका लागि गन्तब्य स्थल ?

शैलुङ समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको दक्षिणी पहाडी भूभाग हो । सधैभरी हिउँ नदेखिएपनि मौसम अनुसार यहाँ बाक्लो हिउँ पर्ने गर्दछ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण शैलुङ नेपालको सवैभन्दा अग्लो स्थानमा चौरी पाइने ठाउँ हो । एक सय आठ थुम्की मिलेर शैलुङ बनेको छ । थुम्की यहाँको अर्काे परिचय हो ।

शैलुङ समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको दक्षिणी पहाडी भूभाग हो । सधैभरी हिउँ नदेखिएपनि मौसम अनुसार यहाँ बाक्लो हिउँ पर्ने गर्दछ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण शैलुङ नेपालको सवैभन्दा अग्लो स्थानमा चौरी पाइने ठाउँ हो । एक सय आठ थुम्की मिलेर शैलुङ बनेको छ । थुम्की यहाँको अर्काे परिचय हो ।

शैलुङको अर्काे एतिहासिक पक्ष छ । पाँचौं बुद्ध गुरु रेम्बोचोले एउटा खुट्टा टेकेर तपस्या गरेका थिए । जुट एउटा खुट्टाको पाइला अहिले पनि देख्न सकिन्छ । यसले इतिहास र धार्मिक संस्कार बोकेको छ । विश्वभरका बौद्ध धर्मलम्बीहरुका लागि यो गन्तब्य स्थल बन्न सक्छ भने प्राकृतिकरुपमा विश्वभर कहिँ पनि १ सय ८ थुम्की मिलेर यस्तो सुन्दर स्थान बनेको छैन ।

विश्वासिलो धार्मिक पक्ष के हो ?

धार्मिक पक्ष पनि रोचक छ । ६०–७० वर्ष पुगेका मानिसहरु शैलुङ पुग्यो भने आयु बढ्छ भन्ने जनविस्वास छ । अति रमणीय र शुद्ध मौसमका कारण पनि होला । तर जनविस्वास भने आयु बढ्छ भन्ने नै छ ।

यसलाई स्वर्गको द्धारका रुपमा पनि सदियौदेखि मानिदै आएको छ । किनभने तामाङ जातिमा कुनैपनि मानिसको मृत्यु भएको ३९ औं दिनमा सानो हड्डी लगेर अस्तु गर्ने चलन छ । यहाँ अस्तु गरेपछि स्वर्गजाने विश्वास गरिन्छ । यहाँ परापुर्वकालदेखि नै ढुंगाबाट कुदिएको डाँफे र बाघको चित्र छ ।

शैलुङको नाम कसरी रहन गयो ?

शैलुङ शब्द तामाङ भाषाबाट आएको हो । तामाङ भाषामा शैलुङ भनेको सय वटा डाँडा भन्ने अर्थ लाग्छ । तामाङ भाषामा शालुङ भन्ने शब्द छ । त्यही शब्दबाट शैलुङ बन्यो र शैलुङको अर्थ माटै माटोबाट बनेको एक सय आठ थुम्की भन्ने हुन्छ ।

शैलुङ यति धेरै उचाइको पहाड भएर पनि मलिलो माटाहरुको भरिएको छ । यो पनि यसको विशेषता हो । विशाल क्षेत्रमा फैलिएको शैलुङमै पुगेर चारैतिर हेर्दा सय थुम्किको रमणिय दृष्य जति हेरेपनि पुग्दैन ।

शैलुङ महोत्सवको तयारी कस्तो छ ?

दोरम्बा गाउँपालिकाको आयोजनामा पहिलो पटक शैलुङ महोत्सव हुँदैछ । त्यसकारण पनि यो महोत्सवको तयारी भव्य भैरहेको छ । यसले थुपै्र दूरगामी महत्व बोकेको छ । शैलुङमा लुकेर बसेका थुपै्र ऐतिहासिक र प्राकृतिक सम्मत्ति र सौदर्यको देशव्यापी र विश्वव्यापी प्रचार गर्नका लागि यो महोत्सव गर्न लागिएको हो । स्वाभाविकै रुपमा यसको तयारी उत्साहजनक छ । भव्य छ ।

यस क्षेत्रलाई प्रवर्धन गर्दै समृद्धिको आधार निर्माण गर्ने कुरामा हिजो राज्यको आँखा पुग्न सकेन । देश संघीयतामा भएपछि यसलाई स्थानिय सरकारले महत्वका साथ पर्यटकीय गन्तव्य बनाउनुपर्छ भनेर लागिरहेका छ ।

शैलुङ आसपासका नागरिकहरुको रोजगारी र उत्पादित वस्तुको बजार निर्माण गर्ने अवसरका रुपमासमेत यो महोत्सवलाई लिएका छौं ।

शेलुङमा क्षेत्रमा त्यस्तो के चीज छ, जसले शैलुङ् बासिहरुलाई समृद्ध बनाउन सक्छ ?

त्यस क्षेत्रका नागरिकहरुको समृद्धिको पहिलो आधार शैलुङको अदभूत सौन्दर्य नै हो । त्यसको संरक्षण र प्रवर्धन गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकियो भने त्यसले अन्य सबै प्रकारका बजार बन्छ । पर्यटक पढ्दै जाँदा ठूलो मात्रामा होमस्टेहरु संचालनमा आउँछन् । त्यसैगरी त्यस ठाउँका किसानहरुले उत्पादन गरेको बस्तुले बजार पाउन सक्छ ।

शैलुङको आलुले त्यसै ठाउँमा बजार पाउने हो भने त्यहाँका किसानहरुको आर्थिक अवस्था धेरै माथि पुग्न सक्छ । अर्को संसारलाई बेच्न सकिने सुन्दरताबाहेक पनि त्यस क्षेत्रमा १२५ थरीमा बहुमूल्य जडिबुटीहरु पाइन्छ । ती अर्गानिक जडिबुटी औषधी त्यसै क्षेत्रमा प्रशोधन गर्न सकियो भने संसारभरी धेरै मूल्यमा बेच्न सकिन्छ । तर अहिले ती जडिबुटीहरु कुहेर बसेका छन् । त्यस क्षेत्रमा पाइने अर्गानिक जडिबुटी प्रशोधन गरेर बेच्न सकियो भने शैलुङले त्यस क्षेत्रको मात्रै होइन देशकै समृद्धिमा ठूलो टेवा पुर्योउन सक्छ ।

अर्को कुरा काठमाडौंमा खाने गरिएको मुडेको आलु बास्तवमा शैलुङ क्षेत्रमा उत्पादन भएको आलु हो । त्यसकारण हामीले मुडेको आलुलाई शैलुङको आलु भनेर प्रचार गर्न चाहेका छौं । शैलुङमा उत्पादन हुने आलुको समेत आफ्नो पहिचान हराएको छ । हामी त्यो स्थापित गरेर सैलुङ्गका किसानहरुको न्याय गर्न चाहन्छौं । त्यसैगरी त्यहाँका किसानले उत्पादन गरेको बस्तु सिधै उपभोक्तामा पुर्याउने व्यवस्था पनि हामी मिलाउन खोजिरहेका छौं । अहिले विचौलियाहरुले त्यसको नाफा खाइरहेका छन् ।

अहिले महोत्सवको तयारी कहाँ पुगेको छ । कति जति खर्चको स्टमेट गर्नुर्भको छ ?

शैलुङ महोत्सव दोलखाका दुई पालिका र रामेछापको एक पालिकाको सयुक्त आयोजनामा हुँदैछ । तर मुख्य आयोजक भने दोरम्बा गाउँपालिका हो । करिब ५० ६० लाख जति खर्च हुन्छ होला । त्यसकारण यसपटको आयोजनामा हाम्रो पालिकाले २० लाख खर्च व्यहोरेको छ । अरु दुई पालिकाले ५ ५ लाख व्यहोर्नु भएको छ । बाँकी खर्च अन्य क्षेत्रबाट जुटाउने काम भैरहेको छ ।

अहिले त्यतिकै पनि शैलुङ आउनेहरुको संख्या बढेको छ । नयाँ वर्षकै दिन पनि करिब पाँच हजारको संख्यामा यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको उपस्थिति रहेको थियो । महोत्सवमा सयौं स्टलहरु लिएर पनि आउनेहरु पनि छन् । ती सबै गर्दा करिब दश हजारको हाराहारीमा पाहुनाहरुको उपस्थिति रहन्छ होला ।

स्थानीय सरकार बनेदेखि शैलुङको प्रचारप्रसार अलि धेरै भैरहेको पनि छ । यसको महत्व बुझाउँदै जाँदा अहिले करिब ५ सयको हाराहारीमा शैलुङ घुम्न आउनेहरु पुगेका छन् ।

स्थानिय सरकार गठन हुनुअगाडिभन्दा अहिले पर्यटक आउने संख्या निकै बढेको छ । होमस्टे बनेका कारण पनि यो संख्या बढ्दै गएको छ । दोरम्बा पालिकाको २ नं वडालाई पर्यटकीय गाउँ नै घोषणा गरिएको छ ।

महोत्सव कति दिन चल्छ ?

यहि बैशाखको १३ गते उद्घाटन हुन्छ । १४ गते विभिन्न कलाकारहरुले सांस्र्कतिक प्रस्तुती गर्नुहुन्छ । अन्य स्थलगत अवलोकन पनि हुन्छ र १५ गते समापन गरिन्छ । यहि महोत्सवको अघिल्लो दिन १२ गते पर्यटकीय व्यवसायीहरुको संस्था भिटकको आयोजनामा दोरम्बा पालिकाको वडा नं दुईमा भव्य पर्यटकीय कार्यक्रम हुँदैछ । त्यसले पनि यो महोत्सवलाई थप माहोल खडा गर्नेछ ।

तपाई दोरम्बा गाउँपालिकाको प्रमुख पनि हुनुहुन्छ । अहिले सबैभन्दा धेरै भ्रष्टचारको मुद्धा अख्तियारमा स्थानीय सरकारकै दर्ता भएको समाचार पनि आएका छन् । तपाईको पालिकामा कसरी काम भैरहेका छन् ?

हामीले पालिकाको साविकको सबै वडाहरुमा बाटो पुर्याएका छौं । अहिले सबै वडामा गाडि जान्छ । अब त्यसलाई स्तरउन्नती गर्ने काम भैरहेको छ । बाटो सोलिङ भैरहेको छ ।

त्यसैगरी पालिकामा पन्ध्रसैयाको हस्पीटल निर्माण गर्न हामीसँग जमिन थिएन । तर अहिले ३५ रोपनी जमिन प्राप्त भएको छ । यस पटक त्यसका लागि पालिकाले ३५ लाखको प्रिभवन निर्माणका लागि बजेट छुट्याएको छ । अर्को वर्ष भावनमा आवश्यक उपकारण राख्ने, डक्टर बस्ने र अफिसियल काम गर्ने रुमहरुको निर्माण गर्छाैं ।

हामी निर्वाचित हुनु अगाडि यो पालिका क्षेत्रमा एउटा मात्रै वर्थिङ सेन्टर थियो । अहिले सबै वडामा निर्माण गरेका छौं । त्यसैगरी पालिकको भवन निर्माणका लागि जनताले निशूल्क ६० रोपनी जग्गा उपलब्ध गराएका छन् । अहिले हामी स्कुलको सामान्य भवनमा बसिरहेका छौं । अब पालिकाको आफ्नै भवन पनि बन्दैछ ।

स्थानीय सरकार धेरै भ्रष्ट भयाे भन्न् सवाल उठेको छ । मेरो कुरा के छ भने जनयुद्ध लडेर आएको यो नाफाको जिन्दगीलाई भ्रष्टचारको कलंक बोकाउन चाहन्न । जनताको सेवा गर्नु बाहेक मेरो अर्को कुनै लक्ष्य छैन् । अंगार खाए मात्रै कालो दिशा आउने हो । यो पालिकाका कुनै जनप्रतिनिधिले भ्रष्टचार गरेको रिपोर्ट आयो भने सख्त कारबाही गरिन्छ ।

यसै वर्षबाट विद्यालयमा इन्टरनेटसहितको डिजिटल हाजीर लागु गरेका छौं । हामीले भिजेल प्रोफाइलको एउटा एप्स बनाएका छौं । अब त्यो आउँदैछ । संसारको जुनसुकै ठाउँबाट यस पालिकामा के हुँदैछ भनेर त्यसमा हेर्न सकिन्छ ।

त्यसैगरी इन्टरनेट सुविधाका लागि एनटिसीकाे फोजीको टावर बन्दैछ । जनतालाई सुसुचित गर्ने भनेको मिडियो हो । त्यो ठाउँमा मिडिया छैन् । हामी त्यसलाई पनि व्यवस्थित गर्दैछौं ।

स्थानीय सरकार धेरै भ्रष्ट भयाे भन्न् सवाल उठेको छ । मेरो कुरा के छ भने जनयुद्ध लडेर आएको यो नाफाको जिन्दगीलाई भ्रष्टचारको कलंक बोकाउन चाहन्न । जनताको सेवा गर्नु बाहेक मेरो अर्को कुनै लक्ष्य छैन् । अंगार खाए मात्रै कालो दिशा आउने हो । यो पालिकाका कुनै जनप्रतिनिधिले भ्रष्टचार गरेको रिपोर्ट आयो भने सख्त कारबाही गरिन्छ ।

शैलुङ महोत्सवसँगै नमुना दोरम्बा गाउँपालिका बनाउन तपाईलाई सफलता मिलोस् ।

मेरो कुरा राख्न दिनुभएकोमा एसकाठमाडौं अनलाइनलाई धन्यवाद । तपाईहरुको निरन्तर खवरदारी र सहयोगले नै हामीलाई सहि बाटो हिड्न प्रेरित गर्नेछ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology