मङ्लबार, भदौ ३१, २०७६

नेपाललाई लगातार दोस्रो पटक एसीसी यू-१६ इस्टर्न रिजनको उपाधि

  • प्रकाशित मिति : आइतवार, बैशाख १५, २०७६



  • काठमाडौं । नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइबार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

    थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो । मलेसियाको लागि वान महमद अजमले सर्वाधिक १६ रन बनाए । यस्तै महमद हाजिक आइमनले १८ र जिनेन्द्र मुरालेले १४ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    नेपाली बलर सामु मलेसियाका खेलाडीहरु खुलेर खेल्न सकेनन् । मलेसियालाई सस्तैमा रोक्न नेपालका बिशाल कुमार पटेलले ४ विकेट हात पारे भने दीपक बिहोराले ३ विकेट हात पारे ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology