मङ्लबार, भदौ ३१, २०७६

भेरी-बबई डाइभर्सनको सुरुङमा ‘ब्रेक थ्रु’ (तस्वीरहरु)

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १०, २०७६



  • सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सनको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटबाट स्वीच थिचेर सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ गरेका हुन् । सुर्खेतको चिप्लेमा मंगलवार सुरुङको ‘ब्रेक थ्रु प्रधानमन्त्री ओली पुगेका थिए ।
    दिउसो ११ः५० मा प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटको स्विच अन गरेपछि टनेल बोरिङ मेसिन बाहिर निस्केको थियो । बारिङ मेसिन बाहिर निस्किन करिव २० मिनेट लागेको थियो । कार्यक्रममा अमेरिकी तथा चिनियाँ राजदूतका साथै कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका मुख्यमन्त्री सहभागी थिए ।
    भेरीको पानी बबईमा मिसाएर बाँके तथा बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत् निकाल्ने उदेश्यका साथ योजना सुरु गरिएको थियो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालिले २०७४ कात्तिक मसान्तदेखि टनेल बोरिङ मेसिन (टिबिएम)को सहायताले सुरुङ खन्न थालेको थियो । २०७६ चैतसम्म सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले एक बर्ष अगाडी नै आफ्नो काम पुरा गरेको छ ।

    बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आज आइपुग्ने भएको छ । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माणकार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology