आइतवार, भदौ १, २०७६

हिजो मेसिनगन नबोकेको भए गणतन्त्र आउँदैनथ्यो- प्रभाकर

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १०, २०७६



  • काठमाडाैं । पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले हिजो मेसिनगन नबोकेको भए आज गणतन्त्र नआउने धारणा राखेका छन् । राजधानीमा आयोजित पूर्वजनमुक्ति सेना संघ नेपाल रामेछाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता शर्माले यस्ताे बताएका हुन् ।

    उनले सात सालदेखि ढाल्न प्रयत्न गरेर पनि नसकेको सामन्तवाद प्रचण्डको नेतृत्वमा आफुहरुले नै ढालेकाले यो गौरवशाली इतिहासलाई कसैले मेट्न नसक्ने प्रष्ट पारे ।  ‘हामीले मेसिनगन बोकेर गाउँ-गाउँमा आन्दोलन गरेऊ । जनता उत्साहित भएर शहर पसेका हुन् । साँचो इतिहास यो हो । यहाँ हाम्रो इतिहास तोडमोड गर्ने काम भएको छ ।’ उनले भने, ‘अब सत्य इतिहास बाहिर ल्याउनुपर्छ । जनमुक्ति सेनाले फष्ट एसल्टमा बसेर नलडेको भए यो गणतन्त्र आउने थिएन ।’

    वर्तमान राजनीतिले उत्तराधिकारीहरुलाई निष्क्रिय बनाइरहेकाे भन्दै उनले आफुसमेत नेकपाको निष्क्रिय स्थायी समिति सदस्य रहेको बताए । उनले उत्तराधिकारीहरुलाई राजनीतिबाट निष्क्रिय बनाएर समाजवादको कार्यदिशा सफल नहुने पनि प्रष्ट पारे ।  उनले भने, ‘अहिलेको राजनीतिको उत्तराधिकारीरलाई निष्क्रिय पारेर पार्टीले कस्तो समाजवादी कार्यदिशाको कुरा गरिरहेको हो । यो तालमेल मिलेको छैन् ।’

    वर्तमान राजनीतिलाई हेर्दा नेताहरु एक्लै-एक्लै दौडिरहेको तर्क गर्दै पूर्वमन्त्री शर्माले तर राजनीति सामूहिक म्याराथुन भएकाले एक्लै दौडन खाज्नेहरु सफल हुन नसक्ने दावी गरे ।

    उनले जनमुक्ति सेना विघटन नभएको भन्दै भूमिका मात्र बदलिएको दावी गरे । ‘हिजो लड्दा एसएलआर हाम्रो मुख्य हतियार थियो तर अहिलेको मुख्य हतियार संविधान हो ।’ उनले भने, ‘संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्र भैरहेको छ । संविधानको हतियार बोकेर तपाई जनमुक्ति सेनाका साथिहरुले गाउँगाउँमा मोर्चा खोल्नु पर्छ ।’

    अहिलेको राजनीति सबैभन्दा घृणित काम गर्नेहरुले ढाकेको छ – युवराज चौलागाई

    त्यसैगरी नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले हिजो लाडाइँमा फष्ट एसल्टमा जान झगडा हुने कुराको स्मरण गर्दै अहिलेको राजनीति सबैभन्दा घृणित काम गर्नेहरुले ढाकेको बताए । उनले भने, ‘अहिलेको राजनीति जातले डाकेको छ । पानी ढालोले डाकेको छ । सबैभन्दा घृणित काम गर्नेहरुको जमातले ढाकेको छ । बडो कुरुप राजनीतिको फोहोरमा हामी छौं ।’ यतिवेला पार्टीको केन्द्रीय सदस्य, स्थायी सदस्यको भन्दा एउटा ठेकेदारको मूल्य बढी भएको उनको तर्क थियो ।

    पार्टीमा राजनीतिक आस्थाको जिन्दगी विताउनेहरुको भन्दा लेनदेनको जिन्दगी बिताउनेहरुको बोलवाला भएको भन्दै नेताहरु अरबपति र कार्यकर्ताहरु अरबको खाडिपट्टी भएको बताए । कठोर विगतको सामना गरेर आएका नेत कार्यकर्ता भएकाले मात्रै विकृत राजनीतिभित्र कुनै जिम्मेवारी र कार्यविभाजन नहुदा पनि टिक्न सकेको उनकाे दावी थियाे ।

     प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए अहिलेको गणतन्त्र संभवै थिएन- श्याम कुमार श्रेष्ठ

    त्यसैगरी अर्का नेकपाका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठले जनमुक्ति सेनाको इतिहास कसैले मार्न सम्भव नभएको तर्क गर्दै प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए अहिलेको गणतन्त्र संभवै नभएको ठोकुवा गरे ।

    उनले भने, ‘यदि प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए अहिलेको गणतन्त्र संभवै हुने थिएन ।’ हिजकाे जनमुक्ति सेना र लड्ने याद्धाहरु रहेनन् भने अहिले पार्टीले भन्दै आएकाे समाजवादी राजनीतिकाे कुरा व्यर्थ हुने उनले बताए ।

    कार्यक्रमा रामेछापका पूर्वसभासदहरु, जिल्ला स्तरिय नेताहरु तथा पूर्वजनमुक्ति सेनाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology