बिहिबार, असार १२, २०७६

भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड बराबरकाे ऋण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको आठ महीनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५७७ रहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जाअनुसार पीडितले त्यस परिमाणको रकम ऋण लिएका हुन् ।

चालू आवको आठ महीनासम्म केन्द्रीय बैंकले २४ अर्ब ५४ करोड पुनरकर्जा लगानी गरेको छ । त्यसमा साधारण पुनरकर्जा रु २० अर्ब ३८ करोड रहेको छ भने निर्यात पुनरकर्जा रु एक अर्ब ४८ करोड छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology