शनिबार, जेष्ठ ११, २०७६

पदभन्दा स्वाभिमान ठूलो लाग्याे, राजीनामा दिएँ- लक्की शेर्पा



लक्की शेर्पा भर्खरै नेपालका लागि अष्ट्रेलियाको राजदूतबाट राजीनामा दिएर नेपाल फर्किएकी छिन् । लक्कीकाे विरुद्धमा धेरै प्रचारबाजी गरियाे तर उनले गरेका कामहरुकाे बारेमा भने ठूला भनाैदा मिडियाले कुनै चासाे नदेखाएकाे उनकाे गुनासाे छ । उनी विरुद्ध लागेको आरोपहरु आजसम्म कानुनी रुपमा प्रमाणित हुन नसके पनि बीचैमा उनले किन राजीनामा दिनुपर्याे भन्ने विषयमा हामीले लक्की शेर्पासँग कुराकानी गरेका छौं ।

तपाई विरुद्ध लागेका आरोपहरु प्रमाणित हुन नसके पनि किन राजीनामा दिन बाध्य हुनुभयो नि ?

हाम्रो देशको परराष्ट्र नीति कमजो भएका कारण यो स्थिति आएको हो । हाम्रो परराष्ट्र नीति बलियो भएको भए यस्तो समस्या आउने नै थिएन । परराष्ट्र नीतिमा भएको कमजोरीकै कारण मैले राजीनामा दिनुपर्ने अवस्था आएको हो । तर पनि मैले कसैको प्रेसरमा राजीनामा दिएको होइन । पदमाभन्दा आफ्नो स्वाभिमान ठूलो हो भन्ने लागेर राजीनामा दिए । मैले राजीनामा दिइरहदा नेपालको परराष्ट्रले आफ्नो राजदुतलाई कसरी हेर्दाे रहेछ भन्ने प्रश्न भने उठेको छ ?

अर्काे कुरा राजदूतसँग जाने सहयोगीहरुले राजनदूतलाई मलाई लगाएको जस्तो आरोप लगाइयो भने उतै पिआर लिएर बस्न पाइने रहेछ भन्ने कुरा स्थापीत हुन खोजेको छ । यस्ता इस्सुले भोली अरु राजदूतमाथि पनि यस्तो आरोप नलाग्ला भन्न सकिंदैन । भोली अरु राजदूतलाई पनि यस्तै आरोप लगाइयो भने यतै वस्न पाइने रहेछ भन्ने स्थितिले बढवा पाइको छ । यो अत्यन्तै गलत काम हो भन्ने मलाई लाग्छ ।

मेरो सवालमा परराष्ट्र मन्त्रालय चुकेकै हो । जुन व्यक्तिले हामीलाई नचाहिने आरोपहरु लगाइरहेको थियो त्यो मान्छेको बारेमा हामीले एक वर्ष अगाडिदेखि नै परराष्ट्र मन्त्रालयलाई खबर पठाइरहेका थियौं । त्यति भैसेकेपछि परराष्ट्रले सिरियसली त्यो विषयलाई लिनुपर्ने थियो । पछि मिडियाहरुमा हौवा फैलाउने काम भएपछि मात्र त्याे विषयलाई उचाल्ने काम भयो । त्यो चाहिँ अनफर्चुनेट्ली हो भन्ने लाग्छ ।

तपाईले दुईवर्षको समायवधी नेपालका लागि अष्ट्रेलियाको राजदूत भएर केही काम पनि त गर्नु भयो होला नि ? मिडियामा त्यो विषय त्यति आएको पाइन । कि केही काम नभएर हो ?

धेरै काम भएका छन् । मिडियामा पनि नआएको भन्ने त हाेइन । मिडियाहरुमा पनि आएकै छ । तर ठूला मिडिया भन्नेहरु अलि बढि नै मेरो विरुद्धमा खनिएको पाइयो । किन हो मैले बुझेको छैन् ।

मैले गरेका कामको म आफैले बखान गर्नु त त्यति सुहाउने कुरा होइन । कूटतीतिक क्षेत्रमा मैले गरेको प्रशंशा भने अष्ट्रेलियन सरकार र त्यहाँ रहेका नेपालीहरुले गर्नु नै भएको छ । मैले त्यहाँको पार्लामेन्टमा नेपालको फ्रेन्डसीप ग्रुप गठन गर्नेदेखि लिएर धेरै काम गरेको छु । अष्ट्रेलियन सरकार, संसद, न्यायालयदेखि लिएर अष्ट्रेलियन कम्युनिटीमासमेत नेपाल र नेपालीको पहिचान स्थापित गर्न म सफल भएको छु । मलाई सरकारले दिएको जिम्मेवारी दत्तचित्त भएर पूर्णरुपमा मैले पुरा गरेको छु भन्ने लाग्छ ।

अबको तपाईको यात्रा कतातिर हुन्छ ?

म अर्थशास्त्रकाे पाटन क्याम्पस टप गरेकाे विद्यार्थी पनि हुँ । मे बुबा पनि त्रिबीकाे प्राेफेसर हुनुहुन्थ्याे । त्यसकारण अबको मेरो यात्रा एकेडेमिक क्षेत्रमा विशेषगरी इकोनोमिक  र इन्टरनेश्नल रिलेशनकाे क्षेत्रमा हुन्छ । म त्यही क्षेत्रमा आफ्नो एक्सपोर्टिजलाई डेलिभर गर्छु । यनै विषयहरुमा सम्बन्धीत रहेर अध्ययनमै म आफ्नो समयलाई बढी फोकस गर्छु । त्यसैगरी पार्टीले दिएको जिम्मेवारीलाई पनि जिम्मेवारपूर्वक निर्वा गर्छु । यसका अलवा देशमा उत्पीडनमा परेकाहरुकाे पक्षमा आफ्नाे बुताले भ्याएसम्म आवाज उठाइनै रनेछु । क्षमतावान युवा जेनेरेसनलाई राजनीतिमा संगठित गर्ने याेजनामा पनि काम गर्ने साेचिरहेकाे छु । गर्नु त धेरै छ तर हेराै‌ं समयले कत्तिकाे साथ दिन्छ ।

पछिल्लो समय ओली सरकारले ढंग पुर्याएर काम गरिरहेकाे देखिंदैन । नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि यो सरकारप्रति आक्रोश पोखिरहनु भएको छ । तपाईलाई चाही के लाग्छ ?

सरकारले एकदमै धेरै डेलिभरी गर्न खोजिरहेको देखिन्छ । हेर्दा प्रधानन्त्रीले पनि धेरै नै गर्न खोजेको जस्तो नै लाग्छ । समृद्ध नेपाल सुखी नेपालीको नारा उहाँको एकदमै राम्रो छ । तर, जनता भएर हेर्दा कुरा अनुसारको डेलिभरी चाही अहिले तुरुन्तै हामीले महशुस गर्न सकिरहेका छैनौं । त्यो कुरा त सरकारले पनि महशुस गरिरहेकै होला । मेरो बुझाइमा यो सरकारले विकासको कुरा सेलिब्रेटी तरिकाले भन्नु भन्दा रिसर्च गरेर भन्नु पर्ने थियो । जनताले एकातिर चाहिरहनु भएको छ तर सरकारले अर्कोतिर दिन खोजिरहनुभएको छ । त्यही भएर यो सामन्जस्यता मिलिरहेको छैन् । जनताको आवश्यकतालाई पहिला पहिचान गर्नुपर्यो । जनताले के चाहिरहेका छ त । त्यतातिर सरकारको ध्यानै गैरहेको छैन् । जनताले चाहेको कुरा र सरकारले डेलिभर गर्नु खोजेको कुराबीच जब मिट गर्दैन तव आउने समस्या भनेको अहिलेको जस्तो समस्या हो ।

मेरो बुझाइमा यो सरकारले विकासको कुरा सेलिब्रेटी तरिकाले भन्नु भन्दा रिसर्च गरेर भन्नु पर्ने थियो । जनताले एकातिर चाहिरहनु भएको छ तर सरकारले अर्कोतिर दिन खोजिरहनुभएको छ । त्यही भएर यो सामन्जस्यता मिलिरहेको छैन् । जनताको आवश्यकतालाई पहिला पहिचान गर्नुपर्यो । जनताले के चाहिरहेका छ त । त्यतातिर सरकारको ध्यानै गैरहेको छैन् । जनताले चाहेको कुरा र सरकारले डेलिभर गर्नु खोजेको कुराबीच जब मिट गर्दैन तव आउने समस्या भनेको अहिलेको जस्तो समस्या हो ।

भेनेजुयलाको विषयलाई लिएर नेकपाका अध्यक्षद्वयबीच निकै विवाद परेको देखियो । विदेश नीति प्रष्ट नभएर यस्तो भएको हो कि अरुनै कारण छ जस्तो लाग्छ यहाँलाई ?

परराष्ट्र नीति भनेको पार्टीगत रुपमा फरक-फरक हुने विषय नै होइन । यो सबैको एउटै हुनुपर्छ । यसमा विवाद हुने स्थिति बन्नु राम्रो कुरा होइन । पहिला नेपाली भएर हेर्नुपर्यो । नेपाल रहे न हामी रहन्छौं । हामीले पहिला त देशप्रति इमान्दार भएर सोच्न जरुरी छ । अहिलेसम्म नेपालका नेताहरु एकै ठाउँमा बसेर हाम्रो परराष्ट्र नीति यो हो है भनेर भन्नुभएको छैन् । जबसम्म परराष्ट्र नीतिलाई राजनीतिकरुण गरिन्छ यस्तो अवस्था आइनै रहन्छ जुन अहिले भेनेजुयलाको विषयमा आएको छ ।

यस्ताे कुरा दाेहाेरिरहदा हाम्रो देशप्रतिको विस्वास कमजोर बन्दै जान्छ । यो इनमेचुरिटी पनि हो भन्ने मलाई लाग्छ । देशको विदेश नीतिका सवालमा सबै पार्टीले एउटै नीति बनाउन जरुरी छ । यस्ता समस्या फेरि फेरि नदोहोर्याउने हो भने अहिलेको एक्काइसौं शताब्दीको ट्रेनलाई समातेर एउटै राष्ट्रिय धारणा विकास गर्नेगरी ओर्कसप नै चलाउनुपर्छ जस्तो लाग्छ मलाई । भोली जुनसुकै पार्टी सरकारमा आउँदा पनि देशको विदेश नीतिमा कुनै फरक नपरोस् ।

अष्ट्रेलियाको सरकारको नेपालप्रतिको दृष्टिकोण चाहिँ कस्तो पाउनुभयो नि ?

नेपाल र अष्ट्रेलियाबीच अत्यन्तै व्यापार घाटा रहेछ । नेपालले अहिलेसम्म अष्ट्रेलियामा विद्यार्थी सप्लायर्स मात्रै गरिरहेको छ । दुई वर्ष अगाडि नेपाल अष्ट्रेलियामा विद्यार्थी पठाउनेमा विश्वमै पाचौं नम्बरमा थियो भने अहिले चीन र भारत पछि नेपाल तेस्रोमा छ । त्यो कुराले नेपाललाई कुनै फाइदा गरेको छैन । हामीले विदेशमा नेपाली विद्यार्थी पठाइरहदा नेपालको शिक्षालाई कमजोर पनि बनाइरहेका छौं र उही समयमा हामीले नेपाली स्किल पनि बेचिरहेका छौं । त्यसकारण संवेदनशील भएर सोच्नेवेला आएको छ ।

अष्ट्रेलियाबाट नेपालले लिनसक्ने फाइदा चाहिँ के हुनसक्छ ?

त्यहाँ पढ्न गएका विद्यार्थीलाई स्वदेश फर्काउन सक्ने वातावरण सरकारले बनाउन सक्नु पर्छ । उनीहरुको पढाइ सकिनासाथ नेपाल फर्काउन सकियो भने देशको विकास हुन्छ भन्ने लाग्छ । अन्य देशमा विदेश पढ्न गएका युवा जनशक्ति पढाइसकेपछि स्वदेशमा आएर खट्ने व्यवस्था हुन्छ । जस्तो सिंगापुरमा त्यो ट्रेन छ । नेपाल पनि त्यो ट्रेन नगरेसम्म विकास हुँदैन ।

अर्को कुरा अष्ट्रेलियनहरुले नेपालको प्राकृतिक सुन्दरताको एकदमै प्रशंसा गर्नुुहुन्छ । तर हाम्रो टुरिजम क्षेत्र यस्तो डामाडोल भएको अवस्था छ । मैले केहि अष्ट्रेलियाका गेष्टहरु भक्तपुरमा घुमाउन लैजादा त्यहाँको प्रवेशद्वार यस्तो साँघुरो देखियो कि त्यो देख्दा हामी खाली टुरिष्ट मात्रै किन बोलाइ रहेका छौं भन्ने अनुभूति भएको थियो मलाई । त्यसकारण पहिला त हाम्रो आन्तरिक इन्फास्टक्चरको विकास गर्नुपर्यो । एयरपार्टको राम्रो व्यवस्था गर्नुपर्यो । म अष्ट्रेलियाको राजदूत हुँदाको समयमा नेपालबाट सिधै अष्ट्रेलिया फ्लाइटको कुरा अगाडि बढाएको थिएँ । त्यसलाई फेरि अगाडि बढाउनुपर्यो । अष्ट्रेलियन सरकार नेपालका लागि धेरै नै काम गर्न चाहन्छ । नेपालप्रति उहाँहरुको धेरै इन्ट्रेष्ट रहेको छ । हामीले त्यसका लागि राम्रो वातावरण बनाउन सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology