सोमवार, असार २, २०७६

कालो सुर्यका सर्जकद्धारा साहित्यकार पुष्पलताको उपन्यास सार्वजनिक



काठमाडौँ । सर्जक पुष्पलता आचार्यको बैसठ्ठीऔं कृति ‘आफ्नै संसार’ उपन्यास लोकार्पण गरिएको छ ।

सोमवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित पाठक–स्रोताले उक्त कृति सम्वन्धी गरिएको प्रश्नबाट नौलो शैलीमा उनको कृतिको लोकार्पण गरिएको हो । वि.स. २०५१ मा सागर सन्ध्या आधुनिक गीतसङ्ग्रह स्रोतामाझ ल्याएदेखि हालसम्म उनका कथा सङ्ग्रह, गीतिकथा, संस्मरण, भजन, बालचित्र कथा, कविता सङ्ग्रह,उपन्यास, आधुनिक गीतसङ्ग्रहलगायत आफ्नै संसार उपन्यासहित बैसठ्ठी औं कृति बजारमा आएका छन् ।

कार्यक्रममा साहित्यकार एवं भ्रष्ट्राचार विरोधी कालो सुर्य अभियानका अभियन्ता भरत जङ्गमले सर्जक आचार्य निरन्तर कलम चलाउने साहित्यकार हुन्, भन्दै आफ्नै संसार उपन्यासमा यथार्थ र काल्पनीक विषय ५०/५० प्रतिसत नै रहेको बताए । त्यसैगरी शैलेन्द्र साकारले स्रष्ट्रा आचार्यले आफ्नो उमेरभन्दा पनि बढि कृति दिएर समाजका लागि योगदान दिएको बताए । साथै आफ्नै संसार उपन्यासलाई कथानक बनाउन पात्रमार्फत ज्यादै रोचक विषय पस्कन सफल भएको समेत बताए ।

चितवनको मुग्लिनमा स्कार्पियो गाडी ठोक्किएपछि सुरू भएको उपन्यास आखिरमा आध्यात्मतिर गएर टुङ्गिन्छ । त्यसबीच पाठकको ध्यानलाई खिचिरहन सक्ने गरी अहिलेको पुस्ताले मन पराउने रोमाञ्चकारी विषय समावेश गरिएको सर्जक आचार्यले बताए । उनि भ्रमण गर्न औधि रूचाउछन् । हालसम्म विश्वका १२ देशलगायत नेपालका धेरै स्थान पुग्दा आफुले लेख्ने विषय पनि भ्रमणकै अवसरमा पाउने अनुभव सुनाए ।

एकल महिलाका लागि रातो अभियान चलाउने स्रष्ट्रा आचार्य पुस्तकालय, प्रतिक्षालय निर्माणका लागि सहयोग, गाउँसमाजका महिलाको जीवनस्तर उकास्न महिला समुहका लागि सहयोगका साथै समाजसेवामा पनि निरन्तर लागिरहने व्यक्तित्व समेत हुन् ।

साहित्यका साथै गीतसङ्गीत, भजनलगायतका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ भने थुपै्र सामाजिक सङ्घ संस्थामा रहेर काम गरिरहेका छन् । उनको क्षितिजपारी,वरको छायाँले, ताननसेन घमाईलोलगायत ३१ वटा गीति एल्वम, गंगा नेपाली, बज्रपात चलचित्र निर्माण पनि गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology