सोमवार, असार २, २०७६

लोकतन्त्रका १४ बर्षः तानाशाह र बंशको सत्ता बदलियो, नेताको स्वार्थ बदलिएन



तानाशाह नाम दिइएका राजा मठमन्दिर र नागरिकसँग भेटिन थालेका छन् । तानाशाह राजाको शासकीय शैली जननिर्वाचित लोकतान्त्रिक शासकमा सर्न थालेको छ । नेताको विरोध गर्दा असहिण्णु बन्ने । विरोध गर्नेलाई भाटे कारवाहीको सजाय दिने । राष्ट्रपति र प्रधानमन्त्री सडकमा हिड्दा राजाकै शैलीमा देखिने गरेका छन् ।  नेताहरुको जीवन शैली निकै भड्किलो छ । महँगा गाडी, सान सौकत तानाशाह शासकका भन्दा कम छैनन् । तानाशाह शासन बदलियो तर नेताको स्वार्थ बदलिएन ।

काठमाडौं । राजधानी उपत्यकादेखि तराईका फाँट र हिमालको टाकुरामा हँसिया हथौडा र चार तारे झण्डा फराउँदै १४ बर्षअघि आजकै दिन बंश शासनको अन्त्य भयो । जनताको बालिक मताधिकारबाट जनताकै छोरा–छोरी राष्ट्र प्रमुख बने, २४० बर्षदेखिको शाहकालिन बंशको शासन अन्त्य भयो ।

निरंकुशतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना हुँदा नागरिक खुसी थिए भने तत्कालिन शासक धेरै दुखि थिए । १४ बर्ष बित्दै गर्दा जनता दुखी भएका छन् भने जनताकै बालिक मताधिकारबाट राज्य सञ्चालक बनेका नेताहरु खुसी र असहिष्णु बन्दै गएका छन् । नेताको शैली बंश शासनको कुनै जोखेना भन्दा कम छैन । गरिव नेताहरु रातारात तडक भडकसहितको धनी जिवन वाँचिरहेका छन् भने जनताका छोरा साउद, मलेसिया र दुवैमा पसिना बगाइरहेका छन् ।

लोकतन्त्र स्थापना भएपछि केही सुधार भएका छन् । त्यो भन्दा ठुलो विकृतिले रैथान बास पनि जमाएको छ । सडक सञ्जालमा कायापलट नै भएको छ भने भ्रष्टाचार संस्थागतरुपमा विकास भएको छ । भौतिक विकासभन्दा भ्रष्टाचार देशका लागि बढी घातक हुने गर्दछ । सुन्दर लोकतन्त्रमा भ्रष्टाचार नै धमिरा बनेको छ ।

राज्यको मुल नेतृत्वमा बसेका ब्यक्तिदेखि स्थानीय सत्ता सञ्चालकसम्म भ्रष्टाचार चूंगुलमा फसेका छन् । सानोदेखि अर्वाै भ्रष्टाचारका घटना एकपछि अर्काे बाहिर आइरहेका छन् । तर लोकतन्त्र ल्याउन लागि बलिदानी गर्नेहरु सहिद त भए तर नाङगा सहिद । उनका परिवारको बिचल्ली छ । सहिदकै रगतबाट ल्याएको लोकतन्त्रमा नेताहरुको रजाँई चलिरहेको छ । सिंहदरवारमा भोका ब्वाँसाहरु बसिरहेको भान हुन थालेको छ ।

लोकतन्त्र स्थापनापछि राजनीतिक अधिकार कानुनका पन्नामा सुरक्षित भएका छन् । तर जनताको जीवन ब्यवहार भने निरंकुश शैलीमै छन् । एउटा राजाको भूमिका अहिले सयौ राजा बनेका छन् । लोकतन्त्रले संस्थागत गरेका राजनीतिक अधिकारहरु जनताले उपभोग गर्न पाएका छैनन् । लोकतन्त्र पनि सिमित नेताकै हातमा छ ।

लोकतन्त्र आएपछि जसोतसो राजनीतिक अधिकार सुरक्षित भएका छन् । तर सामाजिक र आर्थिक रुपान्तरण भने हुन सकेको छैन । सामाजिक र आर्थिक रुपमान्तरणमा मुख्य बाघक सदार र भ्रष्टाचार नै बनेको छ । राज्य सञ्चालकसँग सदाचार छैन भने नेतादेखि कर्मचारीहरुमा भ्रष्टाचार नगर्ने इच्छा शक्ति छैन । जवसम्म सदाचार नेता भ्रष्टाचार मुक्त समाज बन्दैन तवसम्म सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन ।

तानाशाह नाम दिइएका राजा मठमन्दिर र नागरिकसँग भेटिन थालेका छन् । तानाशाह राजाको शासकीय शैली जननिर्वाचित लोकतान्त्रिक शासकमा सर्न थालेको छ । नेताको विरोध गर्दा असहिण्णु बन्ने । विरोध गर्नेलाई भाटे कारवाहीको सजाय दिने । राष्ट्रपति र प्रधानमन्त्री सडकमा हिड्दा राजाकै शैलीमा देखिने गरेका छन् । राष्ट्रपति र प्रधामन्त्रीलाई देख्दा नयाँ राजाको उपमा नागरिकले दिन थालेका छन् ।
नेताहरुको जीवन शैली निकै भड्किलो छ । महँगा गाडी, सान सौकत तानाशाह शासकका भन्दा कम छैनन् । तानाशाह शासन बदलियो तर नेताको स्वार्थ बदलिएन ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology